साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्य"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बुबाले आमाको हत्या गरेपछि छोराछोरी बिचल्लीमा

३१ श्रावण २०७३, सोमबार ०७:२२

साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

आइतबार दिउँसो श्रीमान्श्रीमतीबीच एकापसमा सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । 

श्रीमतीलाई बन्चरोको प्रहार र लौरोले हिर्काएर हत्या गरेको र श्रीमान्ले घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन् । भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केका थिए । 

घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भन्नुभयो “कमल साइको रहेछन् भन्ने बुझिएको छ, सामान्य विवादपछि रिसको झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक स्रोतको भनाइ रहेको छ ।” 

श्रीमान् भारतमा मजदुरी गर्न गएको बेला घरमा रहेकी श्रीमतीमाथि अरु केही शङ्का गरेर पनि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । 

कमल र बिन्दुको मृत्युपश्चात् तीन छोराछोरीको बिचल्ली भएको छ । चार वर्षमुनिका एक छोरी र दुई छोरा रहेका छन् । छोराछोरी र आमाबुबाको रुवाबासी चलेको छ । 

मृतक दुवैको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र आज परीक्षणपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो