२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एसएलसीको तयारी पूरा

२०७२, १५ चैत्र सोमबार १३:०३

गौरव पोखरेल/
चैत्र १५, झापा ।
जिल्ला शिक्षा कार्यालय, झापाले जिल्लामा यस वर्षको एसएलसी परीक्षाको
सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरी १८ गतेदेखि शुरु हुने
प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

यस वर्ष झापाका ५२ वटा परिक्षा
केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिँदैछन् । जसमा नियमिततर्फ १३ हजार ४ सय ९७ र एक्जाम्टेडतर्फ ३
हजार ४ सय ८२ गरी कुल १६ हजार ९ सय ७९ जना सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलका
अनुसार सामुदायिकतर्फ १० हजार ३ सय ७६, संस्थागततर्फ ६ हजार १ सय २०, शरणार्थी शिविरबाट १ सय ३५,
खुल्लातर्फ २ सय ६७ र प्राविधिकतर्फ ८१ जना परिक्षार्थी सहभागी हुनेछन् ।

यस पटकको परिक्षालाई अघिल्लो वर्षको भन्दा अझ मर्यादित बनाइने र कसैबाट अमर्यादित कार्य भएमा
कसुर अनुसार १ लाख रुपयाँदेखि ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।

यस वर्षको प्रवेशिका परीक्षामा कोही पनि अनुत्तीर्ण हुने छैनन् ।
विद्यार्थीहरुको लेटर गे्रडिङ प्रणालीमार्फत मूल्याङ्कन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला