२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको स्वागत स्वरुप सरसफाई

२०७२, १६ चैत्र मंगलवार १०:३४

jhapa gold cupगौरव पोखरेल/चैत १६, झापा । मोफसलमा सर्वाधिक पुरस्कार राशिका साथ झापा हुन लागको
अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी स्वरुप विर्तामोड नगर क्षेत्रको मंगलबार सरसफाई गरिएको छ ।
यही चैत्र १८ गतेबाट सुरु हुने प्रथम रमपम झापा गोल्डकपको पुरस्कार राशि ६ लाख रुपैयाँ यस अघि नै तय
भइसकेको छ ।

काङ्ग्रेस झापाका सभापति उद्धव थापाले सरसफाई
कार्यक्रमको उद्घाटन गरेका थिए । सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र
वस्तीको नेतृत्वमा सम्पूर्ण कर्मचारी, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बिर्ता सामुदायिक
प्रहरी सेवा केन्द्र, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठन, मारवाडी युवा मञ्च बिर्तामोड, वाणिज्य संघ
बिर्तामोड, मित्रनगर टोल सुधार समिति, त्रिवेणी टोल सुधार समिति, पाथीभरा टोल सुधार समितिलगायत
संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सहभागिले
हातमा झाडु लिएर करिव डेढ घण्टासम्म नगरको सरसफाई गरेका थिए । झापा जिल्ला फुटबल संघका अनुसार चैत २७
गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तीनवटा विभागीय र अन्तर्राष्ट्रिय चारसहित १० टीमको
सहभागिता रहनेछ ।

मनाङ मस्र्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी,
नेपाल पुलिस र सशस्त्र प्रहरी (एपीएफ) लगायतले सहभागिता जनाउँदै छन् । त्यस्तै, भारत, बङ्गलादेश, भुटान
र श्रीलङ्काबाट पनि टोलीको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला