२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड आउन थाले तीर्थयात्री

३ भाद्र २०७८, बिहीबार ०७:१३

ज्ञानेन्द्र न्यौपाने। भदौ ३, रसुवा (रासस)। जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । 

बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन बढ्नसक्ने भएकाले चिकित्सकसमेतको परामर्शमा यस वर्ष विषेश मेला स्थगन गर्ने निर्णय गरिएको हो ।सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।

भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ ।  रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको हो भन्दै  समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही   पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा  मेला स्थगन गरिएको हो भन्दै उहाँले  संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने  स्पष्ट पार्नुभयो । गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड–१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो ।

देवादिदेव महादेव बिराजमान रहनुभएको पवित्र तीर्थस्थल जनैपूर्णिमाका दिन विभिन्न शक्तिपीठमा रहेका  साढे तीन करोडभन्दा बढी देवदेवताको पनि सहभागिता रहने भएकाले सो दिन गरेको पूजाआजा  सबै देवतालाई पनि  हुने र आफ्नो मनोकाङ्क्षा पनि पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

समुन्द मन्थन गर्दा निस्केको कालकुट विष निलेर प्राणी जगत्लाई बचाउनु हुने शङ्कर भगवान् बिराजमान रहनुभएको उक्त पवित्र कुण्डमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता रहेको छ ।स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले कोरोना सङ्क्रमण मत्थर भएपछि यस तीर्थस्थलमा जाने सोचलाई शिरोधार्य गर्न आग्रह गर्दै नजिकिँदै गरेको जनैपूर्णिमामा कुण्ड जाने मनस्थिति बनाइसकेका भक्तजनले घर नजिकका जलासयमा ‘हरहर महादेव’ भनी प्रार्थना गरेर स्नान गर्दा पनि तीर्थ पुगेसरह पुण्य मिल्ने सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ