दान बहादुर बुढा | साउन ३२, मुग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | साउन ३२, मुग "/>

2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सडक अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य सामानको अभाव


दान बहादुर बुढा | साउन ३२, मुग | दुई महिनाबाट लगातर भएको अबिरल बर्षाका कारण नाग्म गमगढी सडक खण्डको हजारौ ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा मुगुको गमगढी बजार लगाएत गाँउ-घरमा हिजोआज दैनिक उपभोग्य सामानको अभाब रहेको छ ।

लगातार बर्षातको कारण जुम्ला जिल्लाको बाजागाडा, कोईरेली, चुलेलगाँउ, बैरागीडाडा, बातामालीकाको केही भाग मुगु जिल्लाको घुच्ची लेखमा रहेको ७ मोड तिर पिना, झयारी खोला, टोप्ला गाँउ, मैथुडाडा, तलितुम गमगढी बजार जुम्ली मन्दिर लगायतका हजारै ठाउमा सडक अबरुद्घ भएको मुगु उद्योग वाणिज्य संघ मुगुका महासचिब नृपेन्द्र बहादुर मल्लले बताएका छन । 

हिजो आज गमगढी बजारमा रहेका पसलहरुमा मानिसहरुलाई दैनिक आबश्यक वा चाहिने सामानहरु एकदम कमैमात्तामा पाइन थालेका छन ।

सबै भन्दा बजारमा सकिएको सामान चिनी, तेल, चामल, दाल, नुन, पियप्रदार्थ, चाउचाउ, बिस्कुट, बर्षातको समयमा चाहिने छाता, त्रिपाल, प्लाष्टीक, जुता चप्पल, लगायतको सामाको अभाब देखीएको छ ।


गाडी नचलेको २ महिना पुगी सकेको छ बिच बिच बाटोमा माल ल्याएका आएका गाडीहरु बाटोमानै रहेका छन यता बजारमा अहीले सम्पूण सामानको अभाव रहेको चन्द्र टेड्स एण्ड सप्लायस र्फमका मालिक रबि रावतले बताएका छन ।

अवरुद्घ सडक हटाउनको लागी सडक डिभिजन कार्यालय जुम्ला लाई लागातर पत्र र फोन मार्फत घच घचेउदा बल्ला बल्ला बिग्रोको सडक खुलाउको लागी पठाईएको डोजर अहीले सडक सुलाउदै ताल्चा बिमान स्थल नजिकै पुगी सकेको छ केही दिनमै गमगढी बजार सम्म सडक खुल्ने प्रमुख जिल्ला अघिकारी केशव शर्माले बताएका छन । सडक डिभिजन कार्यालय जुम्ला गत आबमा करोडै  रुपैयाको सडक मर्मत सडकको सागरा मोडहरु फराकीले बाउन ,ढल निकासा सडक ग्यारेबल गिट्टी बिछाउनकोलागी लगानि गरे पनि गुणस्थरको सडक नहुदा एकातिर सरकारको बजेट सकिने अर्कोतिर सडक गुणस्थर नहुने मुगुका ब्यापारी नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

अबिरल बर्षातको कारण नाग्म गमगढी सडक खण्ड २ महिना बाट अवरुद्घहुदा यात्रुहरुलाई मुगु हुदै सुरर्खेत ,नेपालगंज काठमाडौ  आवत जावत गर्न तथा बिरामिलाई ठूलो समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल