२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

छोराको हत्या आरोपमा आमा जेल चलान

९ भाद्र २०७८, बुधबार ०८:२१

भदौ ९, महोत्तरी | महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । 

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुबा चन्द्रकिशोरलाई साधारण तारेखमा छोडिएको छ । १० महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जातको पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले ५ वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएको बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा ५ वर्षीय रितेशलाई सौतेनी आमालेले घाँटी हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो । 

घटनापश्चात् आमा र बुबा दुवै जना घरबाट फरार भएका थिए । प्रहरीले घटना घटाएकै दिन बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ