साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

2026-09-12 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य केन्द्रका इन्चार्जले रक्सी खाएर लापरबाही गरेपछि …

साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको छेउमै रहेको जिरोमाइल चौकमै अत्यधिक मात्रामा रक्सी सेवन गरी अलपत्र अवस्थामा सुतेको फेला परेपछि इन्चार्ज यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको हो । 

बारम्बार ड्युटीको समयै रक्सी सेवन गर्दै आएकाले निज चिकित्सक यादवलाई स्थानीयवासीको रोहवरमा राखेर विभागीय कारबाहीका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

एमबिबिएस स्तरको करार दरबन्दीमा गत वर्षदेखि अस्पतालको इन्चार्ज जस्तो पदमा रहेर कार्यरत रहनुभएका चिकित्सक यादवले यसभन्दा अगाडि पनि अनेकौँ पटक ड्युटीको समयमा रक्सी सेवन गरी लापरबाही गर्दै आएको जानकारी सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए तापनि कुनै कारबाही नगरेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 

यस सम्बन्धमा जिल्ला अस्पताल जलेश्वरका प्रमुख मनिष पाण्डेले इन्चार्ज यादवलाई तत्काल उपचारका लागि व्यवस्था गरिनुपर्ने बताउनुभयो । करारमा सो अस्पतालको प्रमुखका रुपमा पठाइएकाले उच्च निकायले आफूहरुलाई कुनै जानकारी बिना खटाएकाले आफूले यस सम्बन्धमा कुनै कारबाही गर्न नसक्ने पाण्डेको भनाइ छ । 

आफूले तथा आफ्नो कार्यालयले सुधारका लागि बारम्बार दिएको लिखित एवम् मौखिक निर्देशनको इन्चार्ज यादवले बेवास्ता गर्दै आएको प्रमुख पाण्डेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस