केदार मगर/साउन ३२, खोटाङ । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” 

ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केदार मगर/साउन ३२, खोटाङ । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” 

ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक ता"/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कर्तव्य र मृत्यु दुवैबाट हारिन् कविता

२०७३, ३२ श्रावण मंगलवार ०५:४१

केदार मगर/साउन ३२, खोटाङ । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” 

ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोख्नुभएको हो । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्यु भएको हो । 

काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउने क्रममा कविताको मृत्यु भएपछि उनको नौमहिने बालकको बिचल्ली भएको छ । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बचाइदिन आग्रह गर्दै सहयोगको याचना गरेकी थिइन् । काखमा दूधेबालक च्यापेर उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, “म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस् ।” 

क्यान्सरपीडित कविताले आफू र आफ्नो छोरा बचाइदिन आग्रह गरेको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहयोग रकमसमेत जुट्न थालेको थियो । ऋणपान गरेर काठमाडौँको भैँसेपाटीमा कोठा लिएर उपचार गराइरहेकी कवितालाई अस्पतालले २० लाख रुपैयाँ लाग्ने बताएपछि सहयोगको याचना गरेकी थिइन् । 

कविताको मृत्यु भएपछि उनको उपचारमा सहयोग गर्न विभिन्न देशबाट सङ्कलन भएको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गर्न नपाइएको खोटाङ बास्पानीका राजन राईले बताउनुभयो । “सहयोग रकम लिएर हामी अस्पताल गएका थियौँ”, एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहनुभएका राईले भन्नुभयो, “उनको विहानै मृत्यु भइसकेको खबर सुन्नासाथ हामी मर्माहत भयौँ ।” 

देश तथा विदेशबाट सङ्कलित सहयोग रकम नाबालकको नाममा बैंक खाता खोलेर जम्मा गरिदिने तयारी गरिएको राईले जानकारी दिनुभयो । “दुई÷तीनजना संरक्षक बसेर बालकको नाममा खाता खोल्ने तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो, “बैंकमा जम्मा हुने रकम उनै दूधेबालकको लालनपालन तथा शिक्षादीक्षामा खर्च हुनेछ ।” 

दुई वर्षअघि अशोकसँग विवाह भएकी कवितालाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा रहेकी श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् । 

वैदेशिक रोजगारीकै माध्यमबाट घरपरिवार धान्दै आएका अशोकलाई श्रीमतीको मृत्यु भएपछि पुनः विदेश जान नपाएपछि समस्या भएको हो । खार्मी–५ मा १८ वर्षअघि जन्मिएकी कविताकी आमाको समेत यही महिनामा मृत्यु भएको थियो । आमाको अन्तिम संस्कारको दिन छोरी कविताको समेत क्यान्सरका कारण मृत्यु भएपछि दुवै परिवार शोकमा डुबेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो