२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बाढीपहिराले तीनको मृत्यु, दुई बेपत्ता

१४ भाद्र २०७८, सोमबार ०७:१२

भदौ १४, दार्चुला (रासस)। दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।

यस्तै दुहुँ गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पुर्याएको छ । यो क्षेत्रमा पाँच  पसल, दुई लघु जलविद्युत् आयोजना, चार झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिनुभयो ।निजाङगाडकै खोलाले दार्चुला–तिङ्कर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको छ । यो क्षेत्रका आधार्दजन घर तथा पसल बगाएको छ । दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड पुल बग्दा दुहँ र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

दुहुँ–३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम धीरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका– १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ । 

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । राती २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रमा खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि सामान सार्न सुरक्षाकर्मी परिचालन गरिँदैछ । 

खानेपानीको हाहाकार

निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाएपछि श्रीबगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका–१, श्रीबगड र दुहुँ गाउँपालिका–३ श्रीबगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीबगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीबगडमा १५ परिवार बस्दै आएका छन् । अहिले गाउँमा पानी नभए पनि समस्या भएको स्थानीय मानबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना पाएका छैनौँ । पानी छैन, रातभर जङ्गलमा गएर बास बसेका हौँ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान