2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार: आप्रवासन सहायता कक्ष संचालनमा

भदौ १५, म्याग्दी (रासस)। वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्ष गरेर बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो । 

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । “वैदेशिक रोजगारमा जान लागेका र त्यहाँबाट फर्किएकाहरुलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी  र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।”

गत वैशाख महिनादेखि सञ्चालन ल्याइएको कक्षमा हालसम्म ५००भन्दा बढीले परामर्शलगायत विभिन्न सेवा पाएका छन् । कक्ष सञ्चालन गर्न पुस्तकालयले एक कर्मचारी नियुक्त गरेको छ । वैदेशिक रोजगारमा जाने धेरैले परामर्श  गर्ने भएकाले कक्ष प्रभावकारी बनेको कर्मचारी कमला पौडेलले बताउनुभयो । 

सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्रीे छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका देखिन्छ । यो सङ्ख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भइ विदेश जानेको हो । पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक  जाने क्रम बढेको बताइन्छ । उनीहरुले वार्षिक रु पाँच अर्बको हाराहारीमा विप्रेषण पठाउने गरेका छन् । 

यसैबीच पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापित  पुस्तकालयलाई आज पुस्तक उपलब्ध गराएको छ । चौधौँ पुस्तकालय दिवसका अवसरमा अध्यक्ष रावलले प्रजिअ गणेशबहादुर अधिकारीमार्फत प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङलाई विभिन्न विधाका ३० थान पुस्तक र मास्क प्रदान  गर्नुभयो । 

जिल्लाको एक मात्र सुविधासम्पन्न सामुदायिक पुस्तकालय विसं २०२७ मा स्थापना भएको थियो । विभिन्न विधाका १० हजार पुस्तकसहित बाल, सङ्गीत र खेलकक्ष रहेको पुस्तकालयलाई ऋणमुक्त बनाएर नेतृत्व हस्तान्तरण, सामाजिक गतिविधिसँगै हाइटेक पुस्तकालय बनाउन लागिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै