साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनु"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बाढीले अट्ठाइस सय रोपनी खेत बगायो

३२ श्रावण २०७३, मंगलवार ०८:०८

साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ । 

स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनुभयो । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परिणत भएको छ । भीमगिठे, ग्वालीचौर, रेश, बोङ्गादोभानलगायतका गाविसमा बाढीले खेत बगाएको हो । 

बाढीका कारण धानखेती नष्ट भएको छ । खेतीयोग्य जमिन नै बाढीले कटान गरेपछि किसान चिन्तित बनेका छन् । घरबास गुमाउने परिवारको सङ्ख्या १२३ रहेको छ । “सबै जमिन बगरमा परिणत भएको छ,” अधिकारीचौरकी पवित्रा बुढाले भन्नुभयो । 

अधिकारीचौरको छालहाल्ने, दोगाडी र चामेद्वारका ६७ घरमा बाढीले अत्यधिक क्षति पु¥याएको छ । कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउन क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयबाट आउने कार्यक्रमअनुसार राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । 

बाढी प्रभावितका लागि प्रारम्भिक चरणको राहत जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । सरकारी, गैरसरकारी क्षेत्रबाट राहत सङ्कलन र वितरणको कार्य चलिरहेको छ । बागलुङमा कुल ४६ हजार हेक्टर जमिनमध्ये ३० हजार हेक्टर खेतीयोग्य रहेको तथ्याङ्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम