साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा फस्टाउँदै अर्गानिक चियाखेती

३२ श्रावण २०७३, मंगलवार ०९:०५

साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा सोही संस्थाको कार्यक्षेत्रभित्र पर्ने क्षेत्रमा २०५५ सालदेखि चियाखेती सुरुवात गरिएको थियो । 

आयोजनाको इलाका कार्यालय भुजुङले सोही स्थानबाट चियाखेती सुरु गरिएकोमा हाल सो क्षेत्रभित्र पर्ने आठ गाविसमध्ये छ गाविसमा चियाखेती विकास गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । हाल भुजुङ, उत्तरकन्या, घनपोखरा, पसगाउ, भोजेलगायतका गाविसमा चियाखेती गरिएको छ । 

हाल नमुनाको रुपमा उत्तरकन्या गाविसको घलेगाउँमा ५०० रोपनी र भुजुङमा चारसय ५० रोपनी क्षेत्रमा चियाखेती गरिएको छ । सामुदायिक रुपमा गरिएको चियाखेतीबाट उत्पादन पनि सुरु भएको छ । करिब एक हजार ७०० मिटरको उचाइमा लगाइएको चियाखेतीले पछिल्लो समय सबैको मन लोभ्याएको छ । चियाखेती हेर्नकै लागि दार्जलिङ, इलाम र झापा लगायतका ठाउँमा अब जान नपर्ने भएको छ । 

चियाखेती राम्रोसँग फष्टाएपछि घलेगाउँ र भुजुङमा थप जग्गामा चियाखेती विस्तार गरिएको छ । त्यहाँ तक्दा– ७८ र घुम्ती प्रजातिका चिया लगाइएको छ । उत्पादन भएको चिया सदरमुकाम बेसीसहर, पोखरा, चितवन, काठमाडाँै देखि साउदी अरब, कतार, हङकङ र बेलायतसम्म पुगेको छ । 

चिया प्रशोधनका लागि गाउँलेले ढिकिको प्रयोग गर्ने गरेका छन् । भुजुङसँगै घलेगाउँ, घनपोखरा, सिम्पानी, भोजेलगायतका ठाउँमा पनि चियाखेती फस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य