दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ "/>
२८ मंसिर २०८२, शनिबार
मुगु - MG

मुगुमा पुर्ण सरसफाई बनाउन अभियान

३२ श्रावण २०७३, मंगलवार १०:१८

दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ ।

जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको प्राबिधिक सहयोग र ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोषको आर्थिक सहयोगमा गम्था, रारा, कालै र रोवा गाविसको वडास्तर अभियान शुरु गरिएको छ । 

पूर्ण सरसफाईको लागि उक्त गाविसको प्रत्येक घरदैलोमा घरधुरी बर्गिकरण अभियान थालनी गरिएको छ । गम्था गाविस वडान ३ लाम्मुरु गाउ“को ५६ घरधुरी लाई बर्गिकरण गरिएको छ । 

घरधुरी बर्गिकरण गर्दा पूर्ण सरसफाई भएको घरधुरी लाई हरियो प्लेट, सरसफाईमा मध्यम घरधुरी लाई  पहेलो र न्यून सरसफाई भएको घरधुरी लाई रातो प्लेट टा“सिने भएको छ । 

कालै गाविसको वडान ७, ८ र ९ वडाको  १ सय ३४ घरधुरी लाई पुर्ण सरसफाई अभियानको लागि बर्गिकरण गरिएको छ । राम्रो सरसफाई भएका ८४ मध्य सरसफाई भएको ३१ र न्यून सरसफाई भएका १९ रहेका छन् । 

रारा गाविसको १ देखि ४ वडाका १ सय ४६ घरधुरी मध्ये राम्रो सरसफाई भएका ३८ मध्यम सरसफाई भएका ५१ र न्यून सरसफाई भएका ५७ घरधुरी बर्गिकरण गरिएको छ । 

पहिले नै खुल्ला दिशामुक्त गाविस घोषणा भई सकेको रारा, गम्था, कालै र रोवा गाविस लाई पूर्ण सरसफाई बनाउन घरधुरी बर्गिकरण अभियान शुरु गरिएको सरसफाई अभियानकर्ता कृणबहादुर चनले बताउनु भयो । 

उक्त गाविसको वडास्तरहरुमा खानेपानी धारा निर्माणको लागि आयोजना संचालनको लागि सर्बे डिजाईन अघि बढाईएको संस्थाका अध्यक्ष पदमबहादुर रावलले भने यो बर्ष भित्र आयोजना सम्पन्न गरिने लक्ष्य छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ