भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ भाद्र २०७३, बुधबार ०२:३३

भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प २२९० नंको मोटरसाइकललाई ना ६ ख २२९९ नंको बसले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको बताइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मधुमल्ला–७ का ४५ वर्षीय पदमबहादुर गहतराज घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा संलग्न सवारी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताइएको छ । 

यसैगरी, सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्युत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–९ स्थित सडकखण्डको कलभर्टमा बा ७ च १५२७ नंको कार ठोक्किदा उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी सहारा नेपाल, इनरुवा शाखामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ । 

दुर्घटनामा परी कारका चालक सुनसरी इनरुवा–६ निवासी ३० वर्षीय महेश गुरागाईं र कारमा सवार झापा चारपाने–२ का २९ वर्षीय नारायण पोखरेल घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ