भदौ १, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँ"/>
२८ मंसिर २०८२, शनिबार
झापा - JP

बिर्तामोडमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

१ भाद्र २०७३, बुधबार ०२:३९

भदौ १, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 

आगलागी बिहान ५ः३० बजेदेखि सुरु भएको थियो । आगलागीका कारण झन्डै रु दुई करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । 

आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलका सामग्री भने सुरक्षित स्थानमा निकालेको छ । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ