२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

समीक्षा भइन् मिस ग्राण्ड झापा

२०७२, ३० चैत्र मंगलवार ०१:१२

miss grand 3गौरव पोखरेल
झापाः ‘के महिलाहरु साच्चै
हिंसाबाट पीडित छन् ? छन् भने कसरी ? यसलाई तपाईं कसरी व्याख्या गर्नु हुन्छ ?’, यो प्रश्नको उत्कृष्ट
जवाफ दिँदै विर्तामोडकी १९ वर्षीय समीक्षा खतिवडाले मिस ग्राण्ड झापा–२०१६ को उपाधि जितेकी छिन्

आइतबार साँझ भएको अन्तिम स्पर्धामा सोधिएको प्रश्नमा उनको
जवाफ थियोे, ‘महिलाहरु विभिन्न किसिमका हिंसाबाट पीडित छन् । यसको प्रमुख कारणहरु जनचेतनाको कमी,
कुसंस्कार, कुरीति, प्रतिकार गर्न नसक्नु लगायत हुुन् ।’

महिला
हिंसा अन्त्यका लागि उनले एउटा पङ्गति नै लेखिन्ः


‘गन १, २, ३, ४, ५… हुन्छ,
फिजाउ पञ्जा हुन्छ,

मुठि कसेर, महिला एकजुट भएर
उठ,

अनी मात्र महिला हिंसा अन्त्य हुन्छ
।’

प्रतियोगितामा सुस्मिता
बस्नेत फस्ट रनर अप घोषित भइन् भने निशा गुरुङले सेकेण्ड रनर अपको उपाधि पाइन् ।

विजेता भएसँगै खतिवडाले नगद ४१ हजार रुपैयाँ प्राप्त गरिन् भने बस्नेत र गुरुङले क्रमशः
२५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ हात गरे ।

साथै, उनीहरुले
ट्रफी, प्रमाणपत्र र अन्य थुप्रै स्पोन्सर कम्पनीहरुको आकर्षक उपहार पाए ।

उपाधि विजेतासँग
निर्णायक, अतिथि लगायत ।  तस्वीरः बुद्ध तामाङ्

उपाधि
विजेतासँग निर्णायक, अतिथि लगायत । तस्वीरः बुद्ध तामाङ्

सव टाइटलहरुतिर मिस पर्सनालिटीमा
रसिका थापा, वेष्ट वाल्कमा अस्मिता घिमिरे, मिस ट्यालेन्टमा उपाधि विजेता खतिवडा, वेस्ट स्माइलमा निशा
गुरुङ, मिस फोटोजेनिकमा लता प्रसाईं, वेष्ट ड्रेसमा कमला पोखरेल र मिस पपुलरमा वर्षा शिवाकोटी चुनिए

प्रतियोगिताको निर्णायकहरुमा नायिका असिष्मा नकर्मी, मोडल
सोनीराज भण्डारी, पत्रकार उमाकान्त खनाल, समाजसेवी विशाल थापा, विनोद बस्नेत लगायत थिए ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
सांसद् मनकुमार गौतम, कालीबहादुर गण चारआलीका गणपती हेमनारायण पौडेल, नेपाली कांग्रेस झापा जिल्ला
सभापति उद्धव थापा लगायतको विशिष्ट आतिथ्य थियो ।

miss grand 4


सामूहिक तस्वीर खिचाइँदै । तस्वीरः बुद्ध तामाङ्

कार्यक्रमको सञ्चालन रेडियो विराट ८८.५ मेगाहर्जकी प्रबन्ध निर्देशक लीला अनमोलले गरेकी थिइन्

स्मरण शक्तिको माध्यमबाट गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम
लेखाउन सफल झापाली युवा अर्पण शर्मा कट्टेलको समेत प्रस्तुति रहेको कार्यक्रममा आयोजकका तर्फबाट सोनिका
भण्डारीले स्वागत गरिन् ।

उपाधि विजेता समीक्षा खतिवडा ।

उपाधि
विजेता समीक्षा खतिवडा ।

किशोरीहरुको अन्तरनिहित
प्रतिभालाई प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले कार्यक्रम गरिएको
आयोजक समितिका अध्यक्ष दिपेन चौधरीले बताए ।

ग्रिसा एण्ड
कम्पनीको ब्यानरमा भएको यो ‘ट्यालेन्ट सो’ को अन्तिम प्रतिष्पर्धामा जिल्लाका १५ किशोरीहरु सहभागी थिए

ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको
खोजी गर्ने उद्देश्यले गरिएको कार्यक्रम आशा गरिए अनुरुप सफल भएको ग्रिसा एण्ड कम्पनीका पवन खतिवडाले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा