पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>भदौ १, भद्रपुर । </b>झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </span></p><p><span style="line-height: 1.42857;">दिउँसो करिब १: ३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ । रासस </span></p>

