नन्दराम जैशी/भदौ १, जुम्ला । बर्षाका कारण विभिन्न सडक खण्डमा बाढि, पहिरो जाने क्रमले लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्ग खु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ १, जुम्ला । बर्षाका कारण विभिन्न सडक खण्डमा बाढि, पहिरो जाने क्रमले लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्ग खु"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

अवरुद्ध कर्णाली राजमार्ग खुलाउन यस्ता निर्णयहरु गरियो !

१ भाद्र २०७३, बुधबार ०६:१०

नन्दराम जैशी/भदौ १, जुम्ला । बर्षाका कारण विभिन्न सडक खण्डमा बाढि, पहिरो जाने क्रमले लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलाउन पहल गरीने भएको छ । 

राजमार्गमा नियमित यातायात संचालनका लागि बाढि, पहिरोले अवरुद्ध सडक खण्ड तत्काल मर्मत गर्न सुर्खेत जुम्ला सडक योजना कार्यालयलाइ अनुरोध गर्ने निर्णय गरीएको छ । जिल्ला प्रशासन कर्यालय जुम्लाको आयोजनामा मंगलबार जिल्ला स्थीत सबै सरोकारवाला निकायको सहभागितामा जिल्लामा सम्पन्न भएको बैठकबाट यस्तो निर्णय गरीएको हो ।  

 बैठकबाट सुर्खेत जुम्ला सडक खण्ड डिभिजन सडक कार्यालय जुल्लालाइ अधिकार सहित हस्तान्त्रण नगरेसम्म सुर्खेत जुम्ला सडक योजना कार्यालयले आवाश्यक सामाग्रिहरु मानविय, उपकरण तथा वित्तिय सामाग्रि ब्यवस्थापन गरी सुर्खेत जुम्ला सडक खण्डमा अवरोध भएका विभिन्न सडक खुलाउने कार्य तथा मर्मत संभार गर्न माग गर्ने निर्णय गरीएको छ । 

जसमा कालिकोटका टाकुल्ला, बालिघाट, खल्लागाड, राँचुल्ली, कालिकोट सुनार खोला लगाएतका ठाँउमा तत्काल मर्मत संभार गर्न आवाश्यक वजेट विनियोजित गर्न सम्बन्धीत निकायमा जुम्लाका सांसदद्धारा पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले बताउनुभयो ।   

 यस्तै दैलेख घट्टे खोला देखि जुम्लासम्मको करबि १ सय ३० किलो मिटर सडक सुर्खेत जुम्ला सडक योजना कार्यालयले डिभिजन सडक कार्यालय जुम्लालाइ हस्तान्त्रण नगरेसम्म सो अवधिभर बाटो बिग्रेभत्केको हेर्ने तथा मर्मत संभार हुन नसक्ने भएकाले उक्त सडक खण्ड सडक कार्यालय जुम्लालाइ हेर्नेगरी हस्तान्त्रण गर्न सांसदद्धारा पहल गरीने भएको छ । 

डिभिजन सडक कार्यालय जुम्लामा कार्यालय प्रमुख तोक्नुका साथै सडक हस्तानत्रण गर्न सांसदहरुले भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभाग, क्षेत्रिय सडक निर्देशनालय र सुर्खेत जुम्ला सडक योजना कार्यालयमा पहल गर्ने भएका छन् ।

 सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगत २ सय ३६ किलोमिटर सडकमा विभिन्न खण्डमा हालसम्म पनि पिच गर्ने कार्य शुरु नभएकाले उक्त सडक पिच गर्ने कार्यलाइ अघि बढाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको छ । खल्लागाड, राचुल्ली सडक बर्षाले विग्रन तथा भत्कन गरी सडक अवरुद्ध भएकाले तत्काल आवाश्यक इकोमेन्ट तथा उपकरणका साथ डिभिजन सडक कार्यालय जुम्लाले सडक मर्मत गरी यातायात संचालनमा ल्याउन कार्यमा टेवा पु्र्याउने भएको छ ।

  सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगत रहेका ७ वटा निर्माणधिन अलपत्र पुलको निर्माण गर्ने जिम्मा पाएका निर्माण ब्यवसायिहरुलाइ सार्बजानिक खरीद एैन ०६३ र नियमावलि ०६४ बमोजिम पुलहरु तत्काल निर्माण गर्न लगाउने वा म्याद समाप्त भएको भए एैन र नियमवलि बमोजिम आवाश्यक प्रक्रिया अघि बढाइन डिभिजन सडक कार्यालय जुम्लाले तत्काल कार्य आरम्भ गर्ने निर्णय गरीएको छ । 

बैठकमा सहभागि पुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यान राज्य मन्त्री तथा सांसद बल बहादुर महत, सांसद गोमा कुँवर, डिल्ली प्रसाद काफ्ले, पुर्व बन राज्य मन्त्री भत्त बहादुर रोकाया, पुर्व सांसद देविलाल थापा लगाएत राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगाएतले आ आफ्नो क्षेत्रबाट जतिसक्दो चाँडो अवरुद्ध राजमार्ग खुलाउन प्रयास गर्ने बताएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ