महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रत"/>
२६ मंसिर २०८२, बिहीबार
पर्बत - PBT

प्लाष्टिक र गिलास मुक्त घोषणासभा कार्यक्रम नागरिकद्वारा बहिष्कार

१ भाद्र २०७३, बुधबार ०८:२१

महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रतिबद्धता सभाको आयोजना गरियो । 

तर सभाको अबस्था हेर्दा लाग्थ्यो कुनै कार्यालयको औपचारिक कार्यक्रम सडकमा गरिदै छ । कार्यक्रममा आयोजकमात्रै थिए भन्दा फरक नपर्ला ।

 नागरिक सरोकारको विषयमा नागरिकको सहभागीता नहुनेले जिल्लामा चालिएको यो कदम  शुरु नहुर्दै एक हिसाबले अन्त्य भएजस्तै देखिन्थ्यो । कार्यक्रममा आयोजक आफै भाषणा गर्ने र आफै सुन्ने शिवाय अरु केहि भएन । 

न त राजनीतिक दलहरु स्वतस्फुर्त रुपमा सहभागी भए न त नागरिकनै । पुश पंक्षि विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको आथित्यतमा संचालन भएको उक्त कार्यक्रममा उनले मानव शरिरका लागि प्लाष्टिकजन्य पदार्थबाट असर पर्ने भएका कारण यसको रोकथामको लागि जोडदिनुपर्ने बताए । 

उनले यसलाई नागरिकलाई चेतना जगाउँदै लैजाउनपर्नेमा जोड दिए । प्रजिअ शम्भुप्रसाद मरासिनीले बाताबरण मन्त्रालय थपिएपछि सरकारले प्लाष्टिक मुक्त बनाउनको लागि अभियाननै चलाएको उनले बताए । 

जिल्लामा अब अनुगमन भैराख्ने र अनुगमनको क्रममा प्लाष्टिक झोलाको प्रयोग भएको भेटिएमा जफत गर्नुका साथै जरिवना समेत भराउने बताए तर उने प्लाष्टिकको विकल्पमा केको प्रयोग गर्ने भन्ने बारेमा स्पष्ट रुपमा भने खुलाउन सकेनन् ।

जिल्लालाई प्लाष्टिक झोला मुक्त बनाउनको लागि अभियान चलाइएता पनि प्लाष्टिकको सट्टा केको प्रयोग गर्ने भन्ने कुराको सरोकारवाला निकायले जानकारी गराउन नसकेपछि स्थानिय नागरिक तथा व्यपारीले कार्यक्रममा सहभागी नभएर त्यसको खुलेरै विरोध गरेका छन् । 

उनीहरुले कार्यक्रममा सहभागी जनाएनन् । कार्यक्रममा सहभागी नभएर उनीहरुले खुलेरै विरोध गरेका हुन् । कार्यक्रमा नागरिकका सहभागीता नभएपछि यो कार्यक्रम प्रभावकारी हुन सक्छ वा सक्दैन भने प्रश्न चिन्ह उठेको छ । अभियान प्रभावकारी भैनसक्दै हतारमा प्रतिबद्धता सभाको आयोजना गरिएको कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य