२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङबाट खसी–बोका काठमाडौँ पठाइँदै

१५ आश्विन २०७८, शुक्रबार १४:०५

असोज १५, काठमाडौँ | यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ  एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । 

खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछौं', उहाँले भन्नुभयो । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी–बोका काठमाडौँ पठाउन लागिएको हो । 

कर्मचारीले गाउँगाउँमा खसी–बोका खोज्न पुगेपछि किसान खुसी भएका छन् । दङ्गीशरण गाउँपालिका–५ की ५७ वर्षीया सावित्रा अधिकारीले भन्नुभयो, “खसी बेचेर दशैं  खर्चको जोहो गरिने भयो ।” कार्यालयले बाँकी खसी–बोका देउखुरी क्षेत्रबाट खरिद गर्ने जनाएको छ । देउखुरीमा सहकारीमार्फत किसानले खसी–बोका पाल्दै आएका छन् ।

जीउँदो खसी–बोकाको मूल्य निर्धारण गरिएको को छ । पच्चिस किलोभन्दा बढीको जीउँदो खसीको मूल्य प्रतिकिलो रु ५६५, २० देखि २५ किलोलाई रु ५५० र बोकाको रु ५४५ प्रतिकिलो निर्धारण गरिएको चौधरीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले बिहीबार मूल्य निर्धारण गरेको हो । 

यसैबीच कम्पनीले दसैँ तिहारका लागि सञ्चालन गरेको सुपथ मूल्य पसलमा चामल किन्न आउनेको भीड लाग्ने गरेको छ । कम्पनीले यही असोज १ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलमा खाद्यन्न  खरिद गर्न आउनुभएकी ६५ वर्षीाय शान्ता भट्टराईले सूचना रेडियोमा सुनेपछि आएको प्रतिक्रिया दिनुभयो । पसलबाट चामलसँगै चिनी, तेल, दाल, मैदालगायत खाद्य सामग्री उपलब्ध गराउनुपर्ने उहाँले सुझाव दिनुभयो ।  

कार्यालयका अनुसार स्टीम जिरा मसिनो चामल, साँवा स्टीम, साँवा मसिनो, सोना मन्सुली र अरू मोटा चामल बिक्रीका लागि राखिएको छ । कार्यालयले हालसम्म १७ क्वीन्टल चामल बिक्री गरिसकेको छ । पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुने छ । पसलबाट २०० क्वीन्टल चामल बिक्री गर्ने लक्ष्य छ । कम्पनीले ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जिल्लाका सबै पालिकामा सम्बन्धित उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरे पनि व्यापारीले भने फरक फरक मूल्यमा सामान बेच्ने गरेको आम नागरिकको गुनासो छ । बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य र गुणस्तरमा एकरूपता नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य