असोज १६ , काठमाडौँ , न्युज कारखाना । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।
फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ ।
मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरुले समान्तर कमिटी बनाएको पूर्वसांसद रीता शाहीले बताइन् । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ उनले भनिन्, ‘एकलौटी रुपमा चल्ने पार्टी हैन ।’
हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले बताइन् ।