२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क

१६ आश्विन २०७८, शनिबार १०:११

असोज १६ , तेह्रथुम,  न्युज कारखाना । प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यतिमात्र नभई कसैसँग झैं-झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा छ ।

लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका हुन् । लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बुको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।

लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका नगर प्रमुख अर्जुन माबोहाङले बताए । उनले भने, ‘लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ ।’

लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो ।

आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुंगाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्त्वपूर्ण रहेको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेशकुमार सेनेहाङले बताए । ‘यस ठाउँमा एकपटक आउने जो कोहीले लिम्बु जातिको पूर्वजले चलाई ल्याएको संस्कार र रीतिलाई नजिकबाट बुझ्नेछन,' उनले भने ।

यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि छ । लिम्बुहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्छन् । आदिमकालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ । नजिकै ढुंगाको तराजु पनि राखिएको छ ।

मानव सभ्यता सुरु भएपछि बिहेबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा प्रचलित छ । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बु मुन्धुमविद्हरुको भनाइ छ ।

 पार्कमा (सिङपक्वा च्वात् लुङपक्वा च्वात्) प्राकृतिक रुपमा रहेको ढुङगा र रुपमा रहेको पवित्र पानी जुन पानीले अपवित्र काम गरेको भएपनि चोखाएर पवित्र हुने लिम्बु समुदायमा मान्यता रहँदै आएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टीको भागमा लिम्बु जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ ।

आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे (गाउँ) मा आठवटा परम्परागत घर धमाधम निर्माण भइरहेका छन् । यहाँ मौलिक तथा ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

लिम्बु जातिको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यसाथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्य हुँदै आएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए । ‘यो पार्कमा प्रायः दैनिकजसो कुनै न कुनै काम भइरहेको हुन्छ,’ उनले भने ।

लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन् । यसले लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले स्थानीय उत्पादन गर्ने लक्ष्य राखिएको नगर प्रमुख माबोहाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’