Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आपूर्ति भयो खाद्यान्न, ढिलोगरी सुपथ मूल्य पसल सञ्चालन

२०७८, १७ आश्विन आईतवार ०९:५१

असोज  १७, मुगु , न्युज कारखाना ।  हिमाली जिल्ला मुगुमा १५ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

सरकारको नीतिअनुसार १ असोजदेखि सञ्चालनमा ल्याउनुपर्ने हो । तर, मुगुमा खाद्यान्न अभावका कारण तोकिएको समयमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउन नसकिएको शाखाका निमित्त प्रमुख पुस्कर भामले बताए । उनकाअनुसार खाद्यान्न आपूर्ति भएपछि १५ असोजदेखि सञ्चालनमा ल्याइएको हो ।

पसलमा अरुवा मोटा चामल प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री वितरण भइरहेको छ । कात्तिकसम्म सहुलियत छुट मूल्यमा विक्री गर्नका लागि एक हजार क्विन्टल कोटा छुट्याइएको छ । पहिलो दिन ६० क्विन्टल सहुलियत छुट मूल्यमा चामल विक्री भएको शाखा प्रमुख भामले बताए ।

हालसम्म १ सय क्विन्टल बढी सहुलियत छुट मूल्यमा चामल बिक्री भएको छ । थप वितरण गर्नका लागि शाखाले तालिका सार्वजनिक गरेको छ । विहान १० देखि ३ बजेसम्म प्रतिव्यक्ति घरपरिवार एक र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य  मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।

मुगुमा खाद्यान्न पुग्यो 

खाद्यान्न अभाव भएको जिल्लामा बल्ल खाद्यान्न पुगेको छ । जिल्लाको लागि १ सय ७० क्विन्टल चामल मुगुमा पुगेको हो । गएको असोज २ गते न्युज कारखानामा दशैंको मुखमा मुगुमा खाद्यान्न अभाव भन्ने शिर्षकमा समाचार प्रकाशित भएपश्चात खाद्यान्न आपूर्ति भएको शाखा कार्यालयका निमित्त कार्यालय प्रमुख पुस्कर भामले बताए ।

मुगुमा अन्न बालीको भण्डार भए पनि अझै यहाँका स्थानीय आयातित खाद्यान्नमा निर्भर रहेकाले जेनतेन चामल दशैंको मुखमा पुर्‍याइएको छ । अब दशैँसम्म चामल पर्याप्त मात्रामा पुग्नेछ । अभाव हुने छैन । मुगुको लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा पाएको खड्का निर्माण सेवाले यहीँ असोज दोस्रो साता चामल पुर्‍याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै