ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले"/>

2026-06-20 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइयो

2016-08-17

ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफ ूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सागपात, फलफूल, मिठा–मिठा खानेकुरा बाँड्नुका साथै महिलाहरुले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ । 

आजको दिनलाई गर्मीयामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ । सुदूरपश्चिममा ग्रिष्म यामलाई संकटकालको रुपमा र भदौ पछाडिको समयलाई नवजिवन प्राप्तिको रुपमा लिने गरिन्छ । 

आजका दिन श्रद्धालु भक्तजनहरु नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात हरिया सागपातहरु चढाउने गर्दछन । यस पर्वमा महिलाहरु माईत जाने एवं अघिल्लो दिन घरपरिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ । 

त्यस्तै आजको दिन नै आउँदो असोज १ मनाइने सुदूरपश्चिमेली बन्ढुनी संक्रान्तिका लागि बन्ढुनी पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्ढुनी गाड्ने गरिन्छ । जुन असोज १ गतेका दिन बुढी पोल्ने भनि जलाउने गरिन्छ ।

आजका दिन अमरगढी नगरपालिको ७ दुमडामा सुदुर पश्चिमको संस्कृती अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ