2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

मुगुमा जीप दुर्घटना, तीन जना घाइते, गम्भीर एकजनालाई नेपालगंज रिफर

असोज २३, मुगु, न्युज कारखाना | मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो ।

करिब ३ सय मिटर तल खसेको जीप पूर्ण रुपमा क्षति भएको छ भने जीपमा सवार साहु वीरेन्द्र मल्लसहित हुम्ला सर्केगाड गाउँपालिकामा रहेको सिटिजन बैंकका शाखा प्रबन्धक जुम्ला घर भएका कलम सेजुवाल  र उनसँगै गएका एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताए । शाखा प्रबन्धकको टाउकोमा गम्भीर चोट लागेपछि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ । 

छायाँनाथ रारा नगरपालिका- २ छत्याल बाडाका वीरेन्द्र मल्लको भे १ ज १०९९ नम्बरको गाडीमा सवार अन्य दुई जनालाई सामान्य चोट लागे पनि बैंक प्रबन्धक सेजुवाललाई टाउकोमा गम्भीर चोट लागेर नेपालगंज रिफर गरिएको र प्रबन्धकसँग गएका अर्का एक जनाको दुबै हात भाँच्चिएकाले जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो