2026-09-12 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन

असोज २७, बैतडी | बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन् । 

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको घोषित गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताए ।

ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस