भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्रा"/>

२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्षीय आफ्नै छोरीको हत्या गरेर भाग्ने क्रममा बाबु पक्राउ

२०७३, २ भाद्र बिहीबार १२:१७

भदौ २, पर्सा । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले आज बिहान बाबुलाई नै पक्राउ गरेको छ । 

पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीय छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । 

पिता शिव मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए । प्रभाको हत्या के–कति कारणले भएको हो ? सो बारे हालसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताए । 

प्रभाको हत्या गएराति भएको हुन सकिने प्रारभिक अनुसन्धानबाट देखिएको पनि उपरीक्षक श्रेष्ठले राससलाई बताए । घटनापछि शिव मुखिया बिनको परिवारका अन्य सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट