पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २, महोत्तरी । महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ ।

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो ।

उपचारका लागि जलेश्वर अस्पताल ल्याइएका मण्डललाई डा. डिपी साहसहितको टोलीले बचाउन निकै प्रयत्न गरे पनि विष पूरै शरिरमा फैलिसकेकाले बचाउन सकिएन् ।

त्यस्तै घरमै सुतिरहेका अवस्थामा महोत्तरी धमौरा गाविस वडा नं १ अध्ययनपुरकी २२ वर्षीय महबुदा खातुनको गएराति सर्पले डस्दा मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा खातुनको बाटोमै मृत्यु भएको स्थानीय रोशन साहले जानकारी दिनुभयो ।

महोत्तरी लगायत तराई क्षेत्रमा बढ्दै गएको गर्मीसँगै विषालु सर्पको बिगबिगी बढेको छ । जलेश्वर अस्पतालमा दैनिक दुईदेखि तीन जना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस