2026-09-12 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका चार वडामा एमालेको अधिवेशन सम्पन्न, १२ कात्तिकसम्म सबैमा सकिने

कात्तिक ९, बैतडी | नेकपा एमाले बैतडीले आजसम्म बैतडीका चार वडामा मात्रै अधिवेशन सम्पन्न गरेको छ । हिजो र आज गरी जिल्लाको दोगडाकेदार गाउँपालिकाका–४ वडाको अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशन सम्पन्न भएका वडाहरूमा वडा नम्बर २, ३, ४ र वडा नम्बर ८ रहेका छन् । 

दोगडाकेदार–२ मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यसैगरी वडा नम्बर ३ मा करनराम भुल, वडा नम्बर ४ मा तर्कराज भट्ट र वडा नम्बर ८ मा डम्बरबहादुर बिष्टको अध्यक्षतामा वडा कमिटिहरू बनाएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह विष्टले बताए । ३१ सदस्यीय उक्त वडा कमिटिहरूमा कम्तिमा १० जना महिलालाई समावेश गरिएको उनले बताए । ८ वडा रहेको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ५ र ७ मा भोलि अधिवेशन हुने बिष्टले बताए । 

एमालेले देशभर एकै पटक ६ कात्तिकमा वडा अधिवेशन गर्ने भनिएकोमा बर्षाका कारण बाढी पहिरो प्रभावित जिल्लाहरूको वडा अधिवेशन सारिएको थियो । 

बैतडीका ८४ वडामध्ये बाँकी वडामा १२ कात्तिकमा अधिवेशन गरिने पार्टीको बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस