2026-11-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका चार वडामा एमालेको अधिवेशन सम्पन्न, १२ कात्तिकसम्म सबैमा सकिने

कात्तिक ९, बैतडी | नेकपा एमाले बैतडीले आजसम्म बैतडीका चार वडामा मात्रै अधिवेशन सम्पन्न गरेको छ । हिजो र आज गरी जिल्लाको दोगडाकेदार गाउँपालिकाका–४ वडाको अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशन सम्पन्न भएका वडाहरूमा वडा नम्बर २, ३, ४ र वडा नम्बर ८ रहेका छन् । 

दोगडाकेदार–२ मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यसैगरी वडा नम्बर ३ मा करनराम भुल, वडा नम्बर ४ मा तर्कराज भट्ट र वडा नम्बर ८ मा डम्बरबहादुर बिष्टको अध्यक्षतामा वडा कमिटिहरू बनाएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह विष्टले बताए । ३१ सदस्यीय उक्त वडा कमिटिहरूमा कम्तिमा १० जना महिलालाई समावेश गरिएको उनले बताए । ८ वडा रहेको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ५ र ७ मा भोलि अधिवेशन हुने बिष्टले बताए । 

एमालेले देशभर एकै पटक ६ कात्तिकमा वडा अधिवेशन गर्ने भनिएकोमा बर्षाका कारण बाढी पहिरो प्रभावित जिल्लाहरूको वडा अधिवेशन सारिएको थियो । 

बैतडीका ८४ वडामध्ये बाँकी वडामा १२ कात्तिकमा अधिवेशन गरिने पार्टीको बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द