२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाली काव्यतारामा निरौलासहित पाँच छानिए

२०७३, १२ बैशाख आईतवार ०९:४३

बिर्तामोड, वैशाख १२ । साहित्य विज्ञान
प्रतिष्ठान नेपालले आयोजना गरेको जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता ‘झापाली काव्यतारा’मा
पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलासहित पाँच जना छनौट भएका छन् ।

साहित्य विज्ञान प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति झापाद्वारा आयोजित प्रथम झापाली
काव्यतारा र बालताराको खोजी नाम दिइएको उक्त प्रतियोगितामा झापा डाँगीबारीका निरौला, गरामनीकी अञ्चला
सुवेदी, दमकका विष्णु न्यौपाने, बिन्दु दाहाल,दीपा दाहाल झापाली काव्यतारातर्फ छनौट भएका हुन् । यसअघि
उक्त प्रतियोगिता धनकुटामा समेत सम्पन्न भएको थियो । कार्यक्रममा छनौट भएका झापाली काव्यतारालाई
धनकुटेली काव्यताराहरु मनु विश्वकर्मा केजी सुब्बा, उत्तम लिम्बू, टेकनाथ न्यौपाने, जगमाया मादेनले
स्वाभिमानको निशाना स्वरुप नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । प्रतियोगितामा छनौट भएका
काव्यतारालाई आगामी जेठ ८ गते काठमाडौंमा हुने प्रतिष्ठानको दोस्रो वार्षिकोत्समा सामुहिक नगद ५० हजार,
सोही दिन विमोचन हुने १ दर्जन साहित्यिक कृतिहरु, प्रमाणपत्र, संस्थाको लोगो अंकित नेपालको राष्ट्रिय
झण्डा प्रदान गरिने बताइएको छ ।

प्रतिष्ठानका महासचिव रसिक
किरात, कार्यलय सदस्य हेमा अधिकारी, मेची क्याम्पसका प्राध्यापक लीलापं्रसाद अधिकारी रहेको निर्णायक
मण्डलले उक्त छनौट गरेको हो । प्रतिष्ठानका झापा अध्यक्ष टीकाराम आचार्यको अध्यक्षता तथा प्रमुख जिल्ला
अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका झापा सचिव ताराप्रकाश भट्टराईले
स्वागत गरेका थिए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सगोत्री आचार्यले प्रतिष्ठानको उद्देश्य र
कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा गीतकार शिवशंकर थापा, साहित्यकार केशव आचार्य,
रोहिणीविलाश लुइटेल, चुडामणि वशिष्ठ, प्रतिष्ठानका धनकुटा अध्यक्ष मुकुन्द प्रयास, , अशोक प्रज्ज्वल,
केन्द्रीय उपमहासचिव रोशन परियार, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की लगायतको
आतिथ्य रहेको थियो । सोही कार्यक्रममा झापाली बाल ताराको समेत प्रतियोगिता गराइएको थियो ।

विभिन्न विद्यालयका ४० जना बालबालिकाको सहभगिता रहेको कार्यक्रममा
बालबालिकाहरुले आ—आप्mनो प्रतिभा अनुसार चित्र, निवन्ध, कविता, गीत, नृत्य प्रस्तुत गरेको प्रतिष्ठान
झापाका शिशिर सिंखडाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय गायक धनु ज्ञाङमी, निशान सिंखडाले गीतसमेत
प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य गिरिराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ