2026-10-26 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपालगन्ज देखि मुगु सम्म हवाई भाडा १२ हजार

खडक सुनार | कात्तिक २५, मुगु | मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् ।

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४ र ५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान जोखिमयुक्त छ’, उनले भने, ‘जहाजमा महँगो भाडा तिर्छु भन्दा पनि टिकट पाउन मुस्किल हुने गरेको छ ।’

नियम र पद्धतिलाई बेवास्ता गरी निजी एयरलाइन्सले पहुँचवालालाई मात्र टिकट वितरण गर्ने गरेको उनको गुनासो छ । एयरलाइन्सले कार्यालयबाहिरबाटै टिकट वितरण गरिरहेको उनको दाबी छ ।

यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने महँगो हवाई भाडा नउठाउन निजी एयरलाइन्सलाई पत्राचार गरिए पनि बेवास्ता भएको प्रतिक्रिया दिए । ‘एयरलाइन्स कम्पनीलाई पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन पनि भनेका छौं,’ उनले भने, ‘अनुगमन गर्दा बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’ 

नेपाल एयरलाइन्सले नियमित उडान नगर्दा यात्रुहरू मर्कामा परेका छन् । झन्डै १९ महिनापछि गत साता नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भएको छैन । नेपाल एयरलाइन्सको जहाजले मुगु–नेपालगन्ज उडानमा प्रतियात्रु ५ हजार ३ सय ३५ रुपैयाँ भाडा लिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने