२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

२५ कार्तिक २०७८, बिहीबार १३:५४

कात्तिक २५, तनहुँ | तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । 

बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो ।

रानाका अनुसार मृतकको दाहिने हातमा मोबाइल थियो ।  ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंसा गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । 

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ । 

स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरी छलफल हुने जनाइएको छ ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाइते भएका छन् । मृतकका काका ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । घाइते दुवैको जिपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

बिहान ४ बजे घर अगाडीको ट्रान्सफर्मरमा आगो बलेको देखेपछि घरमा रहेको एमसिबी बन्द गर्दा हातमा करेन्ट लागेर ढलेको घाइते दलबहादुरले बताए । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण गाउँमा दुखद घटना घटेको उनको भनाई छ । 

‘ट्रान्सफर्मर बेला-बेलामा बिग्रिरहन्थ्यो । फ्युज गएर झिरझिर आगो बलिरहन्थ्यो । बिजुलीको मान्छेलाई मर्मत गरिदिन कतिपटक भनियो। सुन्दै सुनेनन्। हामीले आफैंले पनि कतिपटक फ्युज फेर्‍यौं’, उनले भने, ‘अहिले त फ्युज नै थिएन । हप्तामा दुई पटकसम्म बिग्रिन थालेपछि उनीहरूले डाइरेक्ट जोडदिए ।’

उनका अनुसार डेढ महिनादेखि ट्रान्सफर्मरमा फ्युज नराखी लाइन जोडिएको थियो । ट्रान्सफर्मरमा फ्युज जोडिएको भए गाउँमा दुखद घटना नघट्ने उनको जिकिर छ । बिहीबार बिहान हाइभोल्टेज विद्युत प्रवाह हुँदा ट्रान्सफर्मरसँगै अधिकांश घरको विद्युतीय सामाग्रीमा क्षति पुगेको स्थानीय बताउँछन् । दुरुङचुङमा रहेको ट्रान्सफर्मरबाट २७ घरमा विद्युत् प्रवाह हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने