2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमाले बैतडी: जनवर्गीय संगठनका अधिवेशन ३ पुसभित्र

सीपी लोहिया | कात्तिक २७, बैतडी | नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ । 

यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचिवमा सरस्वती नेपालीलाई मनोनयन गरेपछि दुवैजनालाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराएका हुन् ।

एमाले बैतडीको पूर्ण बैठकमा १२ कात्तिकमा सम्पन्न वडा कमिटीको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीको अधिवेशनका विषयमा छलफल गरेको छ । पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिकास्तरीय जनवर्गीय संगठनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताए । 

बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन २० मंसिर, अनेरास्ववियुको २५ मंसिर, अखिल नेपाल महिला संघको २८ मंसिर, नेपाल उत्पीडित जातीय मुक्ति समाजको २ पुस र किसान महासंघको ३ पुसमा जिल्ला अधिवेशन गर्न मिति तय गरिएको पार्टीको जिल्ला  उपसचिव सरस्वती नेपालीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द