2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन प्रतिनिधि: लुम्बिनीमा सर्वसम्मतकै प्रयास, रोल्पा र पाल्पा-१ मा छानिए

कात्तिक २७, बुटवल | नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनोट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् ।

शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन । अहिलेसम्म रोल्पा र पाल्पा-१ मा मात्र सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शनिबार साँझसम्म टुंग्याउने गरी प्रयास गरिरहेको बताए ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदैछन् । यी जिल्लामा आकांक्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ । ‘समय लगाएर भएपनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौं,’ अध्यक्ष गिरीले भने ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन भएको एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताए ।

१५ जना प्रतिनिधि सहभागी हुने पाल्पा-१ मा ६ जना सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चारजना पुरुष छन् । २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । 

१८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । ४३ जना आकांक्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले शनिबार साँझसाँ टुंगो लगाइने अध्यक्ष पन्तले बताए ।

लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकांक्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा  १ सय जनाभन्दा धेरै आकांक्षीले महाधिवेशन प्रतिनिधि छान्न लविङ गरिरहेका छन् । 

कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुंगो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकांक्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको नेता भेषराज पाण्डेले बताए ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम शनिबार सकिने बताए । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उनले बताए । बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भैरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द