२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा

१९ बैशाख २०७३, आईतवार ०२:४८

padyatra 2वैशाख १९, जामुनबारी (सास) । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको  प्रबर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रका १ सय बढी स्थानीयको
एक समूहले चुरे क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

प्रमुख जिल्ला
अधिकारी मदन भुजेलले प्रजापति सामुदायिक वनको कार्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच पद यात्रा
कार्यक्रमको उद्घाटन गरे ।

पद यात्रामा नगर क्षेत्रका राजनितिक दल,
वडा नागरिक मञ्च एवम् संघसंस्थाहरुका प्रतिनिधि, प्राध्यापक, सञ्चारकर्मी, व्यवसायी, सुरक्षाकर्मी
लगायतको सहभागिता थियो ।

प्रजापति सामुदायिक वनबाट शुरु भएको भ्रमण
गैंडे आहाल, सेती खोला, बरडाँडा, नानीपानी, जामुनवारी सामुदायिक वन क्षेत्रको भुरुङ्गा खोलाको शिर,
वेलपानी, सुकेडाँगी वन क्षेत्रको तिरतिरे धारो हुँदै इलामको दानावारी–१ स्थित होमस्टेको सम्भावना बोकेको
पुर्वे डाँडामा पुगेको थियो ।

त्यहाँ अन्तरक्रिया कार्यक्रम गरियो
। कार्यक्रममा कनकाई पर्यटन प्रवद्र्घन समन्वय समितिका संयोजक राजेन्द्र पोखरेलले भने, ‘यहाँको धार्मिक,
सामाजिक, ऐतिहासिक, प्राकृतिक विशिष्टतालाई प्रबद्र्धन गर्न दीर्घकालीन सोचका साथ पहिलो चरणमा चुरे
क्षेत्रको पदमार्ग पहिचानका यो कार्यक्रम गरिएको हो ।’

गत चैत्र १२
गते सरुङ्गा प्रेस क्लबको आयोजनामा जामुनखाडी सिमसार क्षेत्रमा भएको विचार गोष्ठीमा सहभागीहरुले यस
क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा प्रबर्द्धन गर्न यो कार्यक्रम आयोजना गर्न माग गरेका थिए । Padyatra 1

सोही अनुरुप राजेन्द्र पोखरेलको संयोजकत्वमा स्थानीय
सामुदायिक वनका अध्यक्षहरु क्रमशः पर्शुराम गिरी, गंगाप्रसाद ढुंगेल, रुद्रप्रसाद चिमरिया, सूर्य थापा
साथै सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला र कनकाई उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती
गरी ७ सदस्यीय समन्वय समिति बनाइएको थियो ।

कार्यक्रमको आर्थिक
व्यवस्थापन गर्न नगर क्षेत्रको ४ वटै सामुदायिक वनहरु (प्रजापति, जामुनबारी, कनकाई तथा सुकेडाँगी) र
कनकाई नगरपालिकाबाट १५ हजार रुपैयाँका दरले सहयोग प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने