२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा

२०७३, १९ बैशाख आईतवार ०२:४८

padyatra 2वैशाख १९, जामुनबारी (सास) । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको  प्रबर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रका १ सय बढी स्थानीयको
एक समूहले चुरे क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

प्रमुख जिल्ला
अधिकारी मदन भुजेलले प्रजापति सामुदायिक वनको कार्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच पद यात्रा
कार्यक्रमको उद्घाटन गरे ।

पद यात्रामा नगर क्षेत्रका राजनितिक दल,
वडा नागरिक मञ्च एवम् संघसंस्थाहरुका प्रतिनिधि, प्राध्यापक, सञ्चारकर्मी, व्यवसायी, सुरक्षाकर्मी
लगायतको सहभागिता थियो ।

प्रजापति सामुदायिक वनबाट शुरु भएको भ्रमण
गैंडे आहाल, सेती खोला, बरडाँडा, नानीपानी, जामुनवारी सामुदायिक वन क्षेत्रको भुरुङ्गा खोलाको शिर,
वेलपानी, सुकेडाँगी वन क्षेत्रको तिरतिरे धारो हुँदै इलामको दानावारी–१ स्थित होमस्टेको सम्भावना बोकेको
पुर्वे डाँडामा पुगेको थियो ।

त्यहाँ अन्तरक्रिया कार्यक्रम गरियो
। कार्यक्रममा कनकाई पर्यटन प्रवद्र्घन समन्वय समितिका संयोजक राजेन्द्र पोखरेलले भने, ‘यहाँको धार्मिक,
सामाजिक, ऐतिहासिक, प्राकृतिक विशिष्टतालाई प्रबद्र्धन गर्न दीर्घकालीन सोचका साथ पहिलो चरणमा चुरे
क्षेत्रको पदमार्ग पहिचानका यो कार्यक्रम गरिएको हो ।’

गत चैत्र १२
गते सरुङ्गा प्रेस क्लबको आयोजनामा जामुनखाडी सिमसार क्षेत्रमा भएको विचार गोष्ठीमा सहभागीहरुले यस
क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा प्रबर्द्धन गर्न यो कार्यक्रम आयोजना गर्न माग गरेका थिए । Padyatra 1

सोही अनुरुप राजेन्द्र पोखरेलको संयोजकत्वमा स्थानीय
सामुदायिक वनका अध्यक्षहरु क्रमशः पर्शुराम गिरी, गंगाप्रसाद ढुंगेल, रुद्रप्रसाद चिमरिया, सूर्य थापा
साथै सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला र कनकाई उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती
गरी ७ सदस्यीय समन्वय समिति बनाइएको थियो ।

कार्यक्रमको आर्थिक
व्यवस्थापन गर्न नगर क्षेत्रको ४ वटै सामुदायिक वनहरु (प्रजापति, जामुनबारी, कनकाई तथा सुकेडाँगी) र
कनकाई नगरपालिकाबाट १५ हजार रुपैयाँका दरले सहयोग प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता