2026-10-23 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

साढे चार करोडको लगानीमा इलाममा बन्यो फनपार्क

मंसिर ८, इलाम, न्युज कारखाना | इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बालबालिका र वयस्कहरूको मनोरञ्जनका लागि फनपार्क निर्माण गरिएको हो । 

फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पिङ, एडल्ट बुल राइड, ढिकिच्याउ, स्प्रिङ जम्पर, चप्लेटि, फ्लाइङ कार, कोलम्बस राइडलगायतका खेल सामग्री छन् । फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । फनपार्कमा शाैचालय, पिलर अप लाइट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ । 

चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पूरा भएको नगरपालिकाले जनाएकाे छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सहुलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो ।

इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ताबापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । नगरपालिकाले अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकालेनै सञ्चालन गर्नेछ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानीसमेत विद्यालयकै हुने छ ।

नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नेछ । फनपार्कबाट वार्षिक ४५ लाख ५६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट वार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

बालबालिकाबो संविधानप्रदत्त अधिकार कार्यान्वयनको नगरपालिकाले फनपार्क निर्माण गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । फनपार्क सञ्चालबाट हुने आम्दानीले आदर्श माविको गुणस्तर विकासमा सहयोग पुग्ने प्रमुख बस्नेतको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने