2026-08-23 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

साढे चार करोडको लगानीमा इलाममा बन्यो फनपार्क

मंसिर ८, इलाम, न्युज कारखाना | इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बालबालिका र वयस्कहरूको मनोरञ्जनका लागि फनपार्क निर्माण गरिएको हो । 

फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पिङ, एडल्ट बुल राइड, ढिकिच्याउ, स्प्रिङ जम्पर, चप्लेटि, फ्लाइङ कार, कोलम्बस राइडलगायतका खेल सामग्री छन् । फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । फनपार्कमा शाैचालय, पिलर अप लाइट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ । 

चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पूरा भएको नगरपालिकाले जनाएकाे छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सहुलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो ।

इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ताबापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । नगरपालिकाले अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकालेनै सञ्चालन गर्नेछ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानीसमेत विद्यालयकै हुने छ ।

नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नेछ । फनपार्कबाट वार्षिक ४५ लाख ५६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट वार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

बालबालिकाबो संविधानप्रदत्त अधिकार कार्यान्वयनको नगरपालिकाले फनपार्क निर्माण गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । फनपार्क सञ्चालबाट हुने आम्दानीले आदर्श माविको गुणस्तर विकासमा सहयोग पुग्ने प्रमुख बस्नेतको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो