२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भ्रष्टचार शुद्धिकरण अभियान

२० बैशाख २०७३, सोमबार ११:४६

CDOlaii Gyapan Patra Bujaidaiवैशाख २०, झापा (सास) । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार
जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई
ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रीय कार्यालयको सर्कुलर अनुसार
देशव्यापी रुपमा गरिएको यस अभियान अन्तरगत झापामा सचेतनामूलक र्यालीसहित ज्ञापन पत्र बुझाइएको हो

जिल्ला शाखाको तर्फबाट अध्यक्ष राजेन्द्र खनाल र सदस्य गौरव पोखरेलले प्रमुख जिल्ला अधिकारी
मदन भुजेललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा जिल्लामा
भइरहेका सबै किसिमका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाइयोस्,
नियमित रुपमा सार्वजनिक सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस्
लगायतका बुँदाहरु छन् ।

त्यस्तै, हरेक सरकारी कार्यालयमा सूचना
अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको सचिव सिर्जना घिमिरेले
जानकारी दिइन् ।

Ryally

बिना झण्झट
आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत
कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्ने, सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरिनु
पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनु पर्ने लगायतका मागहरु समेत
गरिएको छ ।

ज्ञापन पत्र बुझाइएपछि निकालिएको र्याली जिल्लाको
विभिन्न सरकारी कार्यालयमा पनि पुगेको थियो ।

संस्थाकी सदस्य
सुस्मिता पोखरेलका अनुसार बिगत १५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था ‘बास’
ले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका बिरुद्ध शसक्त रुपमा
वकालत गर्दै आएको छ ।

हाल यसका ६६ जिल्लामा शाखा छन् भने १ सय
बढी उपशाखा र २० ईकाई समिति छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने