२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’

९ मंसिर २०७८, बिहीबार ०८:१२

मंसिर ९, जुम्ला, न्युज कारखाना | जुम्लाको  पातारसी गाउँपालिका र गुठीचौर गाउँपालिकाको  पटमारा गाउँमा  सामुदायिक होमस्टे सञ्चालनमा छ । पटमारा गाउँका न्यून आय भएका ६ जना महिलाले सामुहिक  होमस्टे सञ्चालन गरेका हुन ।

धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेरअघि बढ्ने  लक्ष्यसहित सामुदायिक होसस्टे सञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए  । 

‘महिलाको दैनिकीसँग जोडिएको विषय  भएकाले सामुदायिक  होसस्टेले उनीहरूको आर्थिक स्तर सुधार हुनेछ ।पातारासी  गाउँपालिकाको पटमारा गाउँ प्राकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको  हो  । स्थानीय ६ जना महिलाले  सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने  पहिलो  लक्ष्य हो ।  

सामुदायिक होमस्टेका अध्यक्ष  राजकली रावतले   सुरुवाती चरण भएकाले  होमस्टे गुणस्तर बनाउने काम गर्दै आएको बताइन् । स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउने  व्यवस्था गर्न आवश्यक रहेको पातारासी गाउँपालिकाको लासीमा संञ्चालन भएको एकदिने गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए । 

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउनुपर्छ’, प्रशिक्षक कोइरालाले भने, ‘होमस्टे  सेवामुखी र गुणस्तर भएको खण्डमा महिलाको दैनिकीसँगै गाउँकै स्वरूप फेरिनेछ । 

जुम्ला जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत, साधनको पर्याप्तता पनि छ । त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य रहेको सरोकारवाला बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह