2026-09-12 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सूचना प्रविधि प्रयोगमा काठेखोला पहिलो

मंसिर ९, बागलुङ, न्युज कारखाना |  सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण गरेको हो ।

सूचना तथा प्रविधि शाखाले सार्वजनिक गरेकोे प्रतिवेदनका आधारमा जिल्लाका १० पालिकामध्ये काठेखोला गाउँपालिकाले सबैभन्दा बढी ६० अंकभार प्राप्त गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा सिसि क्यामेरा जडान, कार्यालय विद्युतिय हाजिरी, वैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पहुँच, वेबसाइट व्यवस्थापनलगायतका विषयमा पालिकाले ६० अंकभार प्राप्त गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । गाउँपालिकाले विद्युतिय प्रोफाइल समेत निर्माण गरेको छ । 

सूचना प्रविधिको प्रयोगमा निसीखोला गाउँपालिका ५२ अंक प्राप्त गर्दै दोस्रो र ४९ अंकका साथ बरेङ गाउँपालिका तेस्रो, ४९ अंकसहित तमानखोला गाउँपालिका चौथो,  ४५ अंकसहित ढोरपाटन नगरपालिका पाँचौ नम्बरमा परेको छ । 

अन्य पाँच स्थानीय तह बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विवरण नै उल्लेख गरेका छैनन् । स्थानीय तहको सूचना प्रविधिसँगको सामिप्यता, सूचना प्रविधिसम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन