२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

महिनावारी हुँदा घरमा बस्ने जुम्ला पातारासीका दुई जोडी सम्मानित

११ मंसिर २०७८, शनिबार ०६:४०

जुम्ला ११, दिलमाया शाही | पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ ।  महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई  ढाकाटोपी र पछ्याैरा ओढाएर सम्मान गरिएको हाे । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप  सम्मान गरिएको हो । 

कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ । महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप  गाउँ छुइगोठ मुक्त गरिएको छ । 

महिनावारी भएका बेला  गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ