प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 
<"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पनि गाईजात्रा पर्व मनाईयो

४ भाद्र २०७३, शनिबार ०१:४७

प्रकाश बम/भदौ ४, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा पनि शुक्रबार गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाईएको छ । 

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईजात्रालाई सिलगढी बजारमा परिक्रममा गरी यो पर्व मनाएका छन् ।

मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा समेत गराईएको थियो । 

सिलगढीमा ६ वटा घरवाट गाईजात्रा निकालिएको छ । तिन वटा घरवाट रथ र तिन वटा घरवाट लाखे गाई निकालिएको थियो ।  जुन घरपरीवारमा आर्थिक स्थिति कमजोर छ त्यस घरमामा पुजा मात्र गर्ने गरेको पाईन्छ । बर्ष दिन भित्र मरेका सबै घर घरमा गई पुजा आजाका साथ गाईजात्र पर्व मनाईएको छ । वुवाको सम्झनामा गाईजात्रामा रथ  निकाले सिलगढीका भगीरथ श्रेष्ठले रथमा मात्र एक लाख जति खर्च भएको बताए । जुन घर बाट रथ र लाखे गाई निकालिन्छ त्यस घरमा त्यो दिन विहान ,साँझ भोज दिने समेत प्रचलन रहेको छ । 

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने मान्यता रहेकाले यस पर्वलाई नेवार समुदायले बिशेष महत्वका साथ मनाउने गरेको डोटेलि नेवार समाजका अध्यक्ष गोबिन्द श्रेष्ठले बताए । सिलगढीमा दुई सय पचास बर्ष अगाडी देखि यो पर्व मनाउदै आएको समेत उनले बताए । भाषा हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए सभ्यता हराउछ , सभ्यता हराए जाति हराउछ ,जाति हराए आफ्नो देश हराउने कुरामा नेवार समुदाय चिन्तित रहने गरेको समेत श्रेष्ठले बताए ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकि आफ्नी रानिलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सरह परिक्रममा गराउनु भनि आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप सो प्रचलन रहेको जन विश्वास छ ।

गाईजात्रामा मृतक परिवारको घरबाट बालबालिकालाई शिव–पार्वतीको प्रतीकका रूपमा शृंगार गरी ल्याउने चलन छ । यसमा कर्म नचलेका बालबालिका हुनुपर्ने मान्यता छ ।

सिलगढीमा भक्तपुर,पाल्पा,प्यूठान ,पाटन लगाएतका ठाउबाट बसाई सरेर आएको नेवार समुदायका अगुवा बताउछन् । गाईजात्रा निकाल्नको लागि कम्तीमा २५ बर्ष भन्दा माथि उमेरको मान्छे बितेमा त्यस घरमा निकाल्ने गरेको अध्यक्ष श्रेष्ठले बताए । रथलाई अरुठाउमा परालले पोल्ने चलन छ तर सिलगढीमा सेलाउने पैचलन रहेको समेत उनले बताए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे