पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 
2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका डिएसपी दिपेन्द्रको सरुवा

2016-08-20

पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 

जिल्लामा नागरिकको शान्ति सुरक्षामा विगत भन्दा उल्लेख्य सुधार ल्याई नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउनु भएका डिएसपी शाहको जुनिएर प्रहरी अधिकृत मुख्यालयमा सरुवा भएको हो । 

मानवियताका सवालहरुमा ठुला ठुला आपराधिक घटनाहरु समेत बाहिर ल्याएर कानुनको दाहेरामा ल्याउन सफल शाह जिल्ला बसाईका क्रममा जिल्लाबासी नागरिकहरु माझ निकै लोकप्रीय बन्नुभएको थियो । 

जिल्ला प्रहरी प्रमुख भएर शाह आए सँगै जिल्लामा आफ्ना मातहतका युनिटहरुलाई नागरिकको धनजन र सामाजिक सुरक्षामा कुनै कमि आउन नदिन निर्देशन दिनुभएको थियो । ओखलढुंगामा शाहले ठगी, बलत्कारी,हत्या तथा कुटपिटमा  संलग्न जस्ता मुद्धालाई कसैको दबाबमा परेर उन्मुक्ति दिनुभएन ।

बिगतमा सदरमुकाम लगायतका क्षेत्रमा अपराधिक गतिबिधि भएपनि शाह आएसँगै जिल्लामा कुनै ठुला अपराधिक घटना हुन नदिएको स्थानियहरु बताउँछन् । डिएसपी शाह निडर स्वभाब भएको र  कसैको दबाबमा परेर कार्य नगर्ने रहेको जिल्ला बसाईका क्रममा भएका कामले पुष्टि गरेको छ । 

शाहको नेतृत्वमा जिल्लामा सरसफाई,लैङ्गीक हिँसा न्यूनिकरण सम्बन्धी छलफल तथा गोष्ठि,प्रहरी मेरो साथी कार्यक्रम अन्तरगतका गतिवीधीहरु अहिले पनि सञ्चालित छन् ।

डिएसपी शाह जुनिएर प्रहरी अधिकृत मुख्यालय गएपछि जिल्ला प्रहरी प्रमुख भएर ओखलढुंगामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट मिलन केसी आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालय मार्पत आज १२५ जना डिएसपीहरुको सरुवा भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले