भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी: प्रअ

४ भाद्र २०७३, शनिबार ०२:३६

भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  

सूचना माग्नेले पनि कुन प्रायोजनको लागि मागेको भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सूचना दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नीतिमा समस्या हुँदा समस्या आएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुका उपाध्यक्ष गिरिजा अधिकारीले सूचना हक कार्यन्वयन नगर्ने सरकारी निकायको मनसाय हो भने सरकारले लगाएको ऐन किन मान्ने भन्ने प्रश्न उठने अवस्था आउन सक्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले नेपालको कानुन उत्कृष्ट रहेको भएपनि कार्यन्वयनको पक्ष कमजोर हुँदा समस्या भएको बताउनु भयो । । सूचनाको हक सम्वन्धि कानुन निकै उत्कृष्ट भएको भएपनि कार्यन्वयन पक्ष सचेत तथा जिम्मेवार हुन नसक्दा समस्या रहेको बताउनु भयो ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालयको गतिविधिहरु सामेल गरिएको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहा, नागरिक अभियानका संयोजक कुमार अधिकारी, हेटौँडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय लगाएतले मन्तब्य व्यक्त गरेका थिए । 

कार्यक्रम संचार केन्द्र हेटौँडाका प्रमुख दिलिप श्रेष्ठको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य