अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभ"/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सूचनाको हकलाई गाउँ सम्म पुर्याउनुपर्नेमा सरोकारवालाहरुको जोड

२०७३, ४ भाद्र शनिबार ०२:४०

अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना र सूचनाको हकका लागी नागरिक संजाल उदयपुुरको संयोजनमा जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको अन्त्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश जंग कार्कीले सूचनाको हक गाउँ सम्म पु¥याउन राज्यको संयन्त्र परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सूचनाको वर्गिकरण समेत सही ढंगले हुननसकेको बताउँदै स्थानिय स्तरमा समेत यस बारे बहसहरु संचालन हुनुपर्ने बताउनुभयो । सूचनाको वर्गिकरण नहुँदा कुन सूचना गोप्य राख्नुपर्ने र कुन सूचना सार्वजनिक गर्नुपर्ने विषयमा ऐनले बताएपनि अन्यौल कायमै रहेको उहाँको भनाई थियो ।

 जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, सूचना अधिकारीहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सूचनाको हकका अभियन्ता र पत्रकार लगायतको सहभागितामा सम्पन्न भएको सो अन्त्तरक्रिया कार्यक्रममा सूचनाको हकका लागी नागरिक संजाल उदयपुरका संयोजक अजयकुमार साहले जिल्लामा यसको प्रयोगको अवस्था र अभियान बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले सरकारी निकायमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र स्वतस्फूर्त रुपमा सूचना सार्वजनिकिकरणको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहभागी सूचना अधिकारीहरुले छुट्टै जिम्मेवारीका साथ सूचना अधिकारी न्युक्ती गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै अभियन्ताहरुले सरकारी निकायमा सूचना माग गर्न जादा दिएको सास्ती र झन्झटिलो प्रक्रिया अब हटाउनुपर्ने कुरामा जोड दिएका थिए । सूचना अधिकारीले पत्रकारलाई छिटो सूचना उपलब्ध गराउने तर सर्वसाधारण जाँदा धेरै समय सम्म पर्खाउने प्रवृति हटाउनुपर्नेमा नागरिक समाजका अगुवाहरुले सुझाव दिएका थिए ।

सूचनाको हकका लागी नागरिक अभियानका संयोजक अजयकुमार साहले जिल्ला स्थित सरकारी निकायहरुले ३–३ महिनामा स्वतफूत्र्तरुपमा ऐन अनुसार विभिन्न २० वटा बुँदाहरुमा रहेर सूचना सार्वजनिकिकरणमा जोड दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले सूचना अधिकारीलाई सूचना सार्वजनिकिकरणका लागी आईपर्ने समस्या समाधानका लागी संजालले सहयोग र समन्वय समेत गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वर तामाङ, जिल्ला कृषी विकास कार्यालयका अधिकृत पवन गिरी लगायतले दिवसको अवसरमा सवैलाई शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै दिवसकै अवसरमा आज गाईघाट स्थित त्रियुगा उच्च माध्यमिक विद्यालयका कक्षा ९ र १० का करिब २ दर्जन छात्र छात्राहरुलाई सूचनाको हकको विषयमा अभिमुखिकरण संचालन गरिएको अभियानका अगुवा अजयकुमार साहले बताउनुभयो । अभियन्ता युवराज पराजुली र साहले संयुक्त रुपमा सहजीकरण गर्नुभयो । अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले सूचना माग निवेदन तयार गर्ने विषयमा अभ्यास समेत गरेकाछन भने स्थानिय निकायहरुमा सूचना माग गर्नका लागी निवेदन समेत तयार गरेकाछन् । आजै अभियन्ताहरुले जिल्ला स्थित विभिन्न सुरक्षा निकायहरुमा सूचना माग निवेदन समेत दत्र्ता गराएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो