अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभो"/>
२२ मंसिर २०८२, आईतवार
उदयपुर - UDP

सूचनाको हकलाई गाउँ सम्म पुर्याउनुपर्नेमा सरोकारवालाहरुको जोड

४ भाद्र २०७३, शनिबार ०२:४५

अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना र सूचनाको हकका लागी नागरिक संजाल उदयपुुरको संयोजनमा जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको अन्त्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश जंग कार्कीले सूचनाको हक गाउँ सम्म पु¥याउन राज्यको संयन्त्र परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सूचनाको वर्गिकरण समेत सही ढंगले हुननसकेको बताउँदै स्थानिय स्तरमा समेत यस बारे बहसहरु संचालन हुनुपर्ने बताउनुभयो । सूचनाको वर्गिकरण नहुँदा कुन सूचना गोप्य राख्नुपर्ने र कुन सूचना सार्वजनिक गर्नुपर्ने विषयमा ऐनले बताएपनि अन्यौल कायमै रहेको उहाँको भनाई थियो ।

 जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, सूचना अधिकारीहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सूचनाको हकका अभियन्ता र पत्रकार लगायतको सहभागितामा सम्पन्न भएको सो अन्त्तरक्रिया कार्यक्रममा सूचनाको हकका लागी नागरिक संजाल उदयपुरका संयोजक अजयकुमार साहले जिल्लामा यसको प्रयोगको अवस्था र अभियान बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले सरकारी निकायमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र स्वतस्फूर्त रुपमा सूचना सार्वजनिकिकरणको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहभागी सूचना अधिकारीहरुले छुट्टै जिम्मेवारीका साथ सूचना अधिकारी न्युक्ती गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै अभियन्ताहरुले सरकारी निकायमा सूचना माग गर्न जादा दिएको सास्ती र झन्झटिलो प्रक्रिया अब हटाउनुपर्ने कुरामा जोड दिएका थिए । सूचना अधिकारीले पत्रकारलाई छिटो सूचना उपलब्ध गराउने तर सर्वसाधारण जाँदा धेरै समय सम्म पर्खाउने प्रवृति हटाउनुपर्नेमा नागरिक समाजका अगुवाहरुले सुझाव दिएका थिए ।

सूचनाको हकका लागी नागरिक अभियानका संयोजक अजयकुमार साहले जिल्ला स्थित सरकारी निकायहरुले ३–३ महिनामा स्वतफूत्र्तरुपमा ऐन अनुसार विभिन्न २० वटा बुँदाहरुमा रहेर सूचना सार्वजनिकिकरणमा जोड दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले सूचना अधिकारीलाई सूचना सार्वजनिकिकरणका लागी आईपर्ने समस्या समाधानका लागी संजालले सहयोग र समन्वय समेत गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वर तामाङ, जिल्ला कृषी विकास कार्यालयका अधिकृत पवन गिरी लगायतले दिवसको अवसरमा सवैलाई शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै दिवसकै अवसरमा आज गाईघाट स्थित त्रियुगा उच्च माध्यमिक विद्यालयका कक्षा ९ र १० का करिब २ दर्जन छात्र छात्राहरुलाई सूचनाको हकको विषयमा अभिमुखिकरण संचालन गरिएको अभियानका अगुवा अजयकुमार साहले बताउनुभयो । अभियन्ता युवराज पराजुली र साहले संयुक्त रुपमा सहजीकरण गर्नुभयो । अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले सूचना माग निवेदन तयार गर्ने विषयमा अभ्यास समेत गरेकाछन भने स्थानिय निकायहरुमा सूचना माग गर्नका लागी निवेदन समेत तयार गरेकाछन् । आजै अभियन्ताहरुले जिल्ला स्थित विभिन्न सुरक्षा निकायहरुमा सूचना माग निवेदन समेत दत्र्ता गराएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य