2026-08-23 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सामाजिक सुरक्षा भत्तावापतको ४६ लाख रुपैयाँ फिर्ता गराइयो

मंसिर १६, खोटाङ | बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेपछि खोटाङको साकेला गाउँपालिकामा दुई चौमासिकमा ४६ लाख रकम फिर्ता भएको छ । 

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७/०७८ को दोस्रो र तेस्रो चौमासिकमा ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको हो ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको थियो । 

हालसम्म बैंकको सम्पर्कमा नआएका र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न नआएका २८० लाभग्राहीको नाममा पठाइएको रकम फिर्ता भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले बताए । 

गाउँपालिका र गाउँपालिकाकै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत रहेको सेवा इकाईको सक्रियतामा गलत लाभग्राहीको नाममा भुक्तानी हुँदैआएको रकम जोगिएको हो । 

५ वडा रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकमा एक हजार ४५९ जना लाभग्राहीका लागि एक करोड ३८ लाख ९८ हजार २८२ रुपैयाँ र तेस्रो चौमासिकमा एक हजार ४०८ लाभग्राहीका लागि एक करोड ३३ लाख ६४ हजार ९६८ रुपैयाँ निकासा दिएको थियो । 

सामाजिक सुरक्षा भत्तावापत लाखौं रकम फिर्ता हुनुले बैंकिङ प्रणालीमा लैजानुअघि सामाजिक सुरक्षा भत्ता वितरणमा लाखौं अनियमितता हुँदैआएको देखाएको छ । 

मृत्यु भइसकेका, कतिपय बसाइ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाम हटाइएपछि सामाजिक सुरक्षा भत्तावापतको लाखौं रकम अनियमितताबाट जोगिएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । 

हाल गाउँपालिकामा जम्मा एक हजार २०५ जना लाभग्राही कायम छन् । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक करोड ११ लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।  

साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता चुहावट भएको प्रतिबेदन सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । 

आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि गाउँपालिकाले आवश्यक कारबाहीका लागि १२ पुस २०७७ मा अख्तियारलाई फायल पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो