२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई कांग्रेसको वडा नं. ३ पार्टी कार्यालय उद्घाटन

२१ बैशाख २०७३, मंगलवार ००:५३

बैशाख
२१, सुरुंगा (सास) ।
नेपाली कांग्रेस कनकाई नगर कमिटी अन्तर्गत वडा नं. ३ को पार्टी कार्यालयको
उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका वीच नेपाली कांग्रेस झापाका
पूर्व उपसभापति देउमान थेबेले कनकाई–३ सुरुङ्गा टप्पुमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै नेता थेबेले नेपाली कांग्रेस सदैव जनताको माझमा
रहने पार्टी भएकाले वडा पार्टी कार्यालयबाट पार्टीको कामलाई व्यवस्थित रुपमा अघि बढाउन सहज हुने र
जनताका गुनासा पनि औपचारिक रुपमा पार्टीमा आउने बताए ।

पार्टीका
वडा नं. ३ का सभापति यदुनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका पूर्व महासमिति सदस्य
खगेश्वर उप्रेती, महासमिति सदस्य रमेश श्रेष्ठ, जिल्ला सदस्य गोपाल उप्रेती, पूर्व जिल्ला सदस्य
टेकनारायण संग्रौला, क्षेत्र नं. ४ का अध्यक्ष भीम राजवंशी, क्षेत्रका निवर्तमान सचिव प्रकाश चुडाल,
कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, विर्तमान नगर सभापति लीलाबहादुर कटुवाल, प्रेस युनियन झापाका
अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि कृष्ण हुमागाईं, प्रजातन्त्रवादी प्राध्यापक संघका झापा सभापति
विकासप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेको वडा सदस्य सन्तोष संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने