सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीपारी ६ गाविसलाई टुक्रिन नदिन सर्बपक्षीय निष्कर्ष

४ भाद्र २०७३, शनिबार ०९:४३

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । 

गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो । 

यस अघि स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीले राप्तीपारीका गढवा, कोईलावास, बेला, राजपुर र सतबरिया गाविस लाई मिलाएर एउटा गाउँपालिका बनाउने भनि प्रस्तावित खाका ल्याएको थियो । 

उक्त खाकाप्रति देउखुरीबाटै चौतर्फी बिरोद्ध हुदै आएको छ । सतबरिया गाबिसलाई गढवामा मिलाउनु, गोबरडिहालाई लालमटियामा र गंगापरस्पुरलाई लमही नगरपालिकामा मिसाउनु अमिल्दो अबैज्ञानिक प्रस्ताव भएकोले राप्ती दक्षिणका दलहरु तथा आम नागरीकले जोडदार बिरोध गरिरहेका छन् । 

अब हामी राप्तीपारीका कुनैपनि गाबिस र भूगोल टुक्रिने गरी गाउँपालिका बनाउन दिने छैनौं नेकपा माओवादी केन्द्र गोबरडिहाका अध्यक्ष तिलक घिमिरेले भन्नुभयो । हाम्रा बिकासे गतिबिधिलाई सञ्चारमाध्यमहरुले समेत उपेक्षा गर्ने गरेको छ, उनीहरुका पक्षमा थोरै गरेपनि संञ्चार माध्यमले स्थान दिने तर हाम्रा गतिबिधिलाई ओझल पार्ने गरिन्छ, अब त्यस्तो नहोस उहाँले भन्नुभयो ।   

लालमटियाले गोबरडिहाबासीहरुलाई सधै सौतेलो ब्यबहार गरेको उहाँले बताउनु भयो । बिपन्नता, भौगोलिक दुर्गमता, जनसंख्या आदिका कारणले उत्तरी देउखुरीले सधै दक्षिण देउखुरीलाई हेपिरहेको यादव समाज सेवा संघका महासचिव नरेन्द्र यादवले बताउनु भयो । 

दाङले देउखुरीलाई हेप्ने र देउखुरीको उत्तरी बेल्टले दक्षिण देउखुरीलाई हेप्ने गरेको कुनै नौलो कुरा होईन, त्यसैले राप्तीपारीको कुनैपनि भू–भागलाई हामी उत्तर देउखुरीसंग मिसाउन दिने छैनौं, नेपाली काँग्रेस गढवाका ईकाइ सभापति बालचन्द्र हमालले भन्नुभयो । 

राप्तीपारीका ६ गाबिसमा ६३ हजारबढी जनसंख्या रहेको र यसलाई एक राखेपछि भबिष्यमा नगरपालिका पनि बनाउन सकिने एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरेले बताउनु भयो । हामी जस्तोसुकै मुल्य चुकाएरै भएपनि राप्तीपारीको भूगोललाई टुक्रिन दिने छैनौं उहाँले बताउनु भयो । 

संघियताको टेलर मात्र देखिदै छ, फिल्म अझै बाँकी छ ,स्थानिय तहको पुर्नसंरचना गर्ने नै हो भने गाउँपालिकाको संख्या बढाउनु पर्ने र जनसंख्याको मापदण्ड घटाउनु पर्छ, तब मात्र देउखुरीलाई एक नगरपालिका तथा दुई गाउँपालिका बनाएर बिकास गर्न सकिन्छ राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष दिनमणि आचार्यले भन्नुभयो । 

धेरै पहिले पुर्वपश्चिम राजमार्गको सर्भे कालाकाटे सिक्टा जोडिने गरी भएको तर केही टाठाबाठाहरुले उत्तरतर्फ लगेकोले दाङकै पुरानो गढवा र कोईलाबास बजार अहिले जिर्ण बनेको भुगोलबिद् दिपककुमार यादवले बताउनु भयो । 

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव, नेकपा माओबादी केन्द्र गंगापरस्पुरका अध्यक्ष राममुरत यादव, गढवाका अध्यक्ष बिरबहादुर आले, नेपाली काँग्रेस गोबरडिहाका सभापति दामोदर रेग्मी, बुद्धिजिबी पदमप्रसाद शर्मा रहेका थिए ।

यस्तै एमाले गंगापरस्पुरका अध्यक्ष लोकराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष लिला यादव, फोरम लोकतान्त्रिक क्षेत्र नं. १ का अध्यक्ष रामदास यादव, बेला गाबिस ईकाईका अध्यक्ष राजबहादुर यादव, समाजसेवी बुद्धिजिबीहरु रघुनन्दन चौधरी(राजु), खगेश्वर शर्मा, सुर्यप्रसाद शर्मा, मिनप्रसाद चौधरी र पिछडा बर्ग महासंघ दाङका अध्यक्ष हुकुमराज यादव लगायतले राप्तीपारी दक्षिण देउखुरीको भुगोललाई कुनैपनि हालतमा अलग हुन नदिने बताएका छन् ।

संघर्षका लागि समन्वय समिती गठन 

यसैबीच शुक्रवार गढवामा आयोजित सर्बपक्षिय सर्बदलिय भेलाबाट राप्तीपारीका ६ गाबिसहरुलाई टुक्रिन नदिन आन्दोलन, समन्वय र संघर्षका लागि गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय समन्वय समिती गठन भएको भेलापछि जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।  

 जसका सदस्यहरुमा रघुनन्दन चौधरी(राजु), रामप्रसाद गैरे, तिलक घिमिरे, लिला यादव, दिनमणी आचार्य, रामदास यादव(आर.डी.), बिष्णुमाया घिमिरे, दिपककुमार यादव, नरेन्द्र यादव, बालचन्द्र हमाल ,हुकुमराज यादव, बिरबहादुर आले, कैलास चौधरी र सबिना खातुन रहनु भएको छ भने राजपुर तथा कोईलावास गाबिसका एक एक जना प्रतिनिधि रहने गठित समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की