2026-08-23 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना

कमल घिमिरे । मंसिर २१ । पाँचथर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको सामि परियोजना प्रभावकारी बनाउन पाँचथरका पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

 “स्वदेशमा नै रोजगारी गरौँ,वैदेशिक जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मुल नारालाइ लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना(सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षिय सम्झौता अनतर्गत तेस्रो चरणमा भइरहेको हो । परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमुलक तालिमहरु निशुल्क रुपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया,कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्म्बन्धि सम्पुर्ण कुराहरुको बारेमा जानकारी दिइने बताइएको छ । 

पाँचथर जिल्लाका ४ वटा स्थानिय तहहरुमा सञ्चालन भइरहेको परियोजनामा चालु आर्थिक वर्षमा २१ लाख ९० हजार वजेट विनियोजन गरिएको छ । फिदिम नगरपालिका, फालेलुङ , फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको परियोजना प्रमुख राम कुमार कर्णले जानकारी दिनुभयो । परियोजनाल यस आर्थिक वर्षमा आप्रवासन स्रोत केन्द्र बाट वैदेशिक रोजगारीमा जाने ४ सय ३५ महिला र १ हजार २२ जना पुरुषलाई बैदेशिक रोजगार सम्बन्धि  सुचना प्रवाह गरेको बताइएको छ । 

नेपालबाट हाल सम्म ५८ लाख भन्दा बढी नेपाली श्रम स्विकृती लिएर बैदेशिक रोजगारमा छन्, ति मध्ये ८० प्रतिशत मात्र कामदारले सहज तरिकाले काम गर्न पाइरहेका छन भने बाँकीले विभिन्न समस्याहरु झेल्नु परेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहजकर्ता अम्बिका प्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरुलाई पनि आवश्यक सहयोग गरिने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो