सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुल"/>
2026-09-19 03:00 AM
बझाङ्ग - BJN

काँडा गाविसमा झुलङ्गे पुलको समस्या

सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुलको समस्या रहेको छ । 

जिल्लाको उत्तरीभेगमा पर्ने तिव्वत संग जोडिएको यो गाविस जैविक विधिता र जडिबुटीको भण्डार साथै पर्यटकिय स्थल हो ।

सदरमुकाम चैनपुर बाट काँडा गाविसमा जाने  तिन चार दिन पैदल हिड्नु पर्छ काँडाका मान बहादुर बोहराले भने यहाँ अन्य सुविधाको  त कुरै नगर्रौ खोलातर्न नसक्दा एकगाँउ वाट अर्को गाँउ जानै सकिदैन ।

चैनपुर वाट तल्कोट भएर जानुपर्ने काँडा गाविसमा समदेउ खोला र घाँटगंगामा पुलभएपनि काँडा वाट धुलीगाँउ जाने बाटोमा पुल नहुदाँ आवत जावतमा समस्या छ । 

काँडा नजिकै रहेको राँमुखोला , माथी भोटेनी खोलामा पुल छैन । यसका साथै काँडाको जिमा गाँउ वाट चिरका आउन घाटगंगामा पुल नहुदाँ यहाँका वासिन्दाहरु जोखीमयुक्त काँठेसाँगु तर्न बाध्य छन् ।

धुलीवाट माथी साईपाल जाने बाटो विचपानी भन्ने ठाँउमा पनि सेती नदीमा पुल छैनन् काँडाका गाविस सचिक धन बहादुर घर्तीले भने यस गाविसमा सेती नदी सहित साना खोलामा छ सात वटा झुलङ्गे पुलको आवस्यक छ । 

उनले पुल नहुदाँ यहाँको स्थानियहरु साथै यार्सा टिप्ने मानिस र साईपाल बेस क्याम्प जाने पर्यटक सहित मानासरोवर ताक्लाकोट जाने तिर्थयातुहरु लाई समस्या भएको वताए । 

झुलङ्गे पुल र्निमाणका लागी हामीले पटक पटक जिल्लामा माग गर्दै पठाएका छौ सचिब घर्तीले भने तर जिल्लाको प्राथामीकतामा र नेताहरुले भनसुन नगरि दिदाँ यहाँ खोलामा तर्दै कतिपयको ज्यान गई सकेको छ ।

साईपाल हिमालको बेस क्याम्प र तिव्वतको ताकलाकोट जाने मुलवाटो यसै ठाँउवाट भएकाले वाटोमा झुलङ्गे पुल नहुदाँ यहाँजाने पर्यटकहरु खेलाबढेको बेला पmर्केर आउने गरेका छन् । 

काँडा गाविसको धलौन काँडा न्युना बलौडी धुली जिमा मुख्यमानव बस्ती रहेका छन् । झोलङ्गे पुल विस्तार कार्यक्रम अन्तरगतका प्राविधिक यमराज खत्रीले काँडा गाविसमा झोपुको आवस्यक धेरै भएको तर यहाँ सामाग्री ढुवानी गर्न समस्या भएकाले बनाउन बाँकी रहेको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई