सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुल"/>
२४ मंसिर २०८२, मंगलवार
बझाङ्ग - BJN

काँडा गाविसमा झुलङ्गे पुलको समस्या

४ भाद्र २०७३, शनिबार ०९:५१

सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुलको समस्या रहेको छ । 

जिल्लाको उत्तरीभेगमा पर्ने तिव्वत संग जोडिएको यो गाविस जैविक विधिता र जडिबुटीको भण्डार साथै पर्यटकिय स्थल हो ।

सदरमुकाम चैनपुर बाट काँडा गाविसमा जाने  तिन चार दिन पैदल हिड्नु पर्छ काँडाका मान बहादुर बोहराले भने यहाँ अन्य सुविधाको  त कुरै नगर्रौ खोलातर्न नसक्दा एकगाँउ वाट अर्को गाँउ जानै सकिदैन ।

चैनपुर वाट तल्कोट भएर जानुपर्ने काँडा गाविसमा समदेउ खोला र घाँटगंगामा पुलभएपनि काँडा वाट धुलीगाँउ जाने बाटोमा पुल नहुदाँ आवत जावतमा समस्या छ । 

काँडा नजिकै रहेको राँमुखोला , माथी भोटेनी खोलामा पुल छैन । यसका साथै काँडाको जिमा गाँउ वाट चिरका आउन घाटगंगामा पुल नहुदाँ यहाँका वासिन्दाहरु जोखीमयुक्त काँठेसाँगु तर्न बाध्य छन् ।

धुलीवाट माथी साईपाल जाने बाटो विचपानी भन्ने ठाँउमा पनि सेती नदीमा पुल छैनन् काँडाका गाविस सचिक धन बहादुर घर्तीले भने यस गाविसमा सेती नदी सहित साना खोलामा छ सात वटा झुलङ्गे पुलको आवस्यक छ । 

उनले पुल नहुदाँ यहाँको स्थानियहरु साथै यार्सा टिप्ने मानिस र साईपाल बेस क्याम्प जाने पर्यटक सहित मानासरोवर ताक्लाकोट जाने तिर्थयातुहरु लाई समस्या भएको वताए । 

झुलङ्गे पुल र्निमाणका लागी हामीले पटक पटक जिल्लामा माग गर्दै पठाएका छौ सचिब घर्तीले भने तर जिल्लाको प्राथामीकतामा र नेताहरुले भनसुन नगरि दिदाँ यहाँ खोलामा तर्दै कतिपयको ज्यान गई सकेको छ ।

साईपाल हिमालको बेस क्याम्प र तिव्वतको ताकलाकोट जाने मुलवाटो यसै ठाँउवाट भएकाले वाटोमा झुलङ्गे पुल नहुदाँ यहाँजाने पर्यटकहरु खेलाबढेको बेला पmर्केर आउने गरेका छन् । 

काँडा गाविसको धलौन काँडा न्युना बलौडी धुली जिमा मुख्यमानव बस्ती रहेका छन् । झोलङ्गे पुल विस्तार कार्यक्रम अन्तरगतका प्राविधिक यमराज खत्रीले काँडा गाविसमा झोपुको आवस्यक धेरै भएको तर यहाँ सामाग्री ढुवानी गर्न समस्या भएकाले बनाउन बाँकी रहेको वताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की